धेरै घिउ खानेको शुक्रकिटमा कमी


online
पुरुष मित्रहरु, चिल्लो पदार्थ भएका खानेकुराहरु धेरै खानुहुन्छ भने अबदेखि आफ्नो आहारामा परिवर्तन गर्नुहोला । यसो भन्दैमा चिल्लो पदार्थ खाँदै नखानुहोला भन्ने खोजेको होइन ।
चिल्लो पदार्थ भएका खानेकुराको अत्यधिक सेवनले तपाइँको यौनस्वास्थ्यमा नराम्रो असर पूराउँछ । अमेरिकी वैज्ञानिकहरुले हालै गरको अध्ययनले धेरै चिल्लो पदार्थ खाने पुरुषहरुमा शुक्रकिटको उत्पादन कम हुने तथ्य पत्ता लगाएका छन् ।
भोजनमा बढि चिल्लो तथा जंकफुड खाने पुरुषहरुको विर्यमा शुक्रकिटको मात्रा न्यून हुने र भएका शुक्रकिटको गुणस्तर पनि कम हुने शोधकर्ताहरुको निष्कर्ष छ ।
अध्ययनका क्रममा शोधकर्ताहरुले अमेरिकी प्रजनन क्लिनिकमा आउने पुरुषहरुसँग उनीहरुको भोजनको प्रकृति र शुक्रकिटको अवस्थाका विषयमा जाँच गरेका थिए ।
बोस्टनको हार्वाड मेडिकल स्कुलका प्राध्यापक जिल अटम्यानको नेतृत्वको वैज्ञानिकहरुको टोलीले गरेको अध्ययनका क्रममा बढि चिल्लो पदार्थ खाने पुरुषहरुमा कूल शुक्रकिटको संख्या मात्र नभएर विर्यमा शुक्रकिटको घनत्व समेत कम पाइयो । चिल्लो पदार्थ बढि खाने गरेका पुरुषहरु सबैमा शुक्रकिटको मात्रा प्रतिमिलिलिटर विर्यमा १ करोड ५० लाख औषतभन्दा कम पाइएको छ ।
तर माछा तथा वनस्पती तेलमा पाइने चिल्लो पदार्थ भने तुलनात्मक रुपमा बोँसो तथा घिउ जस्ता जीवजन्य चिल्लोपदार्थ भनदा स्वास्थ्यका लागि कम हानिकारक रहेको विज्ञहरु बताउँछन् ।

प्रकाशित मिति: Monday, March 19, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses