मार्च १५ विश्व उपभोक्ता अधिकार दिवस

आज नेपाल सहित विश्वका १ सय २९ वटा राष्ट्रले हाम्रो पैसा हाम्रै अधिकारको लागी भन्ने नाराका साथ यो दिवस मनाउदैछन् ।

नेपालका विभिन्न उपभोक्तावादी संघसंस्थाहरुले आज विहानै देखि प्रभातफेरि लगायतका कार्यक्रमहरु गरिरहेका छन् ।

–दिउसो १ वजे वाणिज्य विभागमा उपभोक्ताको अधिकार सुरक्षित गर्ने विषयमा विशेष अन्तरिक्रिया हुँनेछ ।
–खाद्य प्रविधि तथा गुण नियनत्रण विभागले पनि दिउसो ३ वजे गुणस्तरीय खाद्यन्नका विषयमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।

–उपभोक्ता हित संरक्षण मंच नेपालले सरकारलाई नयाँ खाद्य ऐन र खाद्य सुरक्षाका सम्वन्धमा अवधारणा पत्र वुझाउदैछ ।

दिवसका अवसरमा आधिकारकर्मीहरुले उपभोक्ता सम्वन्धी अधिकारमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले पुराना ऐन नियमको परिमार्जन सहित कार्यान्वयन गर्न , उपभोक्ता अदालतको स्थापना गर्न माग गरेका छन् ।

यसैविच वाणिजय तथा आपुर्ति मन्त्रि लेखराज भट्टले उपभोक्ताको अधिकारलाई संरक्षण गर्न वजारमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्न आफु लागिपरिरहेको वताउनुभएको छ ।

प्रकाशित मिति: Thursday, March 15, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses