आज आदिवासी दिवस

आज अगष्ट ९ तारिख, १८ औँ विश्व आदिवासी दिवस । आदिबासी  जनजाति  र यससंघ सम्बन्धित संघसंघठनहरुले आदिवासी जनजातिहरुको अभियान, जातीय पहिचान सहितको संघीय संविधान भन्ने नाराका साथ नेपालमा पनि मनाउँदैछन ।

सन् १९८२ मा संयुक्त राष्ट्रसंघले अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवस र २००४ देखि २०१४ सम्मलाई आदिवासी दशकका रुपमा मनाउने घोषणा गरेको छ ।


नेपालका आदिवासीले आफ्नो भाषा, धर्म, संस्कृति, रितीरिवाज संरक्षण र विकासका साथै शिक्षा, स्वास्थ्य, विकास, मानवअधिकार, राजनीतिक अधिकार तथा राज्यका सबै तहमा पहिचानसहितको समानुपातिक प्रतिनिधित्व र पहुँचसहितका माग सम्बोधन गराउन अवसरको रुपमा दिवस मनाउँदैछन् ।


दिवसको अवसरमा आदिवासी जनजाति महासंघले केहिबेरमा भृकुटीमण्डपबाट झाँकीसहितको र्याली निकालीएको छ ।

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसमा अवसरमा बिहीबार भृकुटीमण्डपमा
 आयोजित समारोहमा धनुषकाड हान्दै प्रधानमन्त्री बाबुराम भट्टराई ।
नेपालमा ७० प्रतिशत आदिवासी रहेका छन् । पिछडिएको मानिने आदिवासीलाई विश्वका प्राय सबै राज्यले अवसर दिन थालेको छ ।

प्रकाशित मिति: Thursday, August 09, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses