आँपले के के गर्छ त फाईदा

आँपमा हुने विभिन्न मिनेरलका कारण आपँले शरिरलाई एकै थरीमात्र फाइदा नगरी यसले शरिरका विभिन्न भागलाई स्वस्थ राख्न मद्धत गर्छ ।

आपँमा पाइने शक्तिशाली एण्टिअक्सिडेन्टले हाम्रो सेलहरू नष्ट गर्ने त्तवहरुलाई नष्ट गर्छ । आपँले विभिन्न समस्या जस्तै मुटुको रोग, बुढ्यौलीपना, क्यान्सर जस्ता रोगहरुसँग पनि लड्ने क्षमताको विकास गर्छ । यस्तै आँपका अन्य केही फाइदाहरू पनि छन् ।

ती यस्ता छन्।
१ आँपले ग्याष्टिकको समस्याबाट केहि राहत दिन्छ । आँपमा हुने पाचक इन्जाइमहरुका कारण एसिडिटी तथा पाचन प्रणालीमा सहयोग गर्छ । आँपमा पाइने इन्जाइमहरुले प्रोटिनलाई सहजै टुक्राउन सक्छन् ।

२ आँपमा प्रचुर मात्रामा फलाम पाइने भएका कारन यसको प्रयोगले गर्भवति महिलालाई राम्रो गर्छ ।

३  छाला राम्रो बनाउन पनि यसले मद्धत गर्छ । आँपको स्लाइस छालामा राखेर १० मिनेटपछी पखाल्नाले छाला नरम तथा मुलायम बनाउन सहयोग गर्छ ।

४ आँपमा प्रचुर मात्रामा हुने पोटासियमले मानिसको उच्च रक्तचाप नियन्त्रणमा पनि सहयोग गर्छ । आँपमा हुने पेक्टिन नामक फाइबरले रगतमा भएको कोलस्टोरेलको मात्रालाई कम गर्छ ।

५ मोटोपन बढाउनका लागि पनि आँपको प्रयोग राम्रो साबित हुन सक्छ । आँपमा पाइने क्यालोरी तथा कार्बोहाइड्रेट्सले मोटोपन बढाउन सहयोग गर्छ ।

६ केहि अनुसन्धानहरूले आँपको प्रयोगले कलेजोमा हुने स्टोनको समस्याबाट पनि मुक्ति दिन सक्ने बताएका छन् ।
७ चीनको मेडिकल अनुसन्धान अनुसार आँपले एनेमिया, रूघगा खोकी, ज्वरो, समुन्द्रि बिमारी, रक्तस्रावमा पनि औषधीको काम गर्छ ।

८ आँपमा पाइने ग्लुटामाइन एसिडका कारण स्मरण क्षमता बढाउन पनि आँपले सहयोग गर्छ ।

९ आँपमा पाइने भिटामिन इ का कारण मानिसको यौनजिवनमा समेत यसले सकारात्मक प्रभाव पार्ने बताइन्छ ।

प्रकाशित मिति: Wednesday, August 01, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses