एप्पलको पहिलो कम्प्युटर बिक्यो ३६ करोड रुपैयाँमा

कम्प्युटरको दुनियाँमा एउटा नयाँ युगको सुरुवात गर्ने कम्पनीको रुपमा एप्पल कम्पनीलाई मानिन्छ । कम्पनीले आफ्नो प्रविधिको आधारमा कम्प्युटरको दुनियाँमा एउटा भिन्न उद्देश्य हाँसिल गरिसकेको छ ।
कम्पनीको पहिलो कम्प्युटरको विषयमा मानिसहरु कति धेरै उत्साहित छन् भन्ने विषयमा यसको पहिलो कम्प्युटर ३६ करोड रुपैयाँमा बिक्रि भएको कुराले प्रस्ट पार्दछ ।

कम्पनीका संस्थापक स्टीभ जब्सले बनाएको पहिलो कम्प्युटर ‘एप्पल वान’ ३६.५ लाख डलर अर्थात लगभग ३६ करोड रुपैयाँमा बिकेको छ । स्टिभ जब्सको सुरुवाती दिनमा निर्माण भएको उक्त कम्प्युटरको लिलामी न्यूयोर्कमा आयोजित एक कार्यक्रमका बिच गरिएको थिए । अमेरिकाका एक व्यक्तिले सबैभन्दा बढि रकम करिब ३६ करोड तिरेर उक्त ऐतिहासिक कम्प्युटरलाई आफ्नो पोल्टामा पारेका छन् ।
स्मरण रहोस्, जब्सले सन् १९७६ मा क्यालिफोर्नियाको पालो अल्टोमा अवस्थित आफ्नो ग्यारेजमा पहिलो कम्प्युटर बनाएका थिए । यो कम्प्युटरलाई बनाउनका लागि जब्सले एउटा पुरानो कम्प्युटर करिब ६० हजारमा किनेका थिए । त्यसमा नै उनले नयाँ सफ्टवेयर हालेर केहि परिवर्तन ल्याएका थिए । यहि कम्प्युटरमा काम गरेर नै जब्सले नयाँ उपलब्धीहरु हाँसिल गरेका थिए । (एजेन्सी)

प्रकाशित मिति: Monday, December 15, 2014

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses