कसरि हुने रिसबाट मुक्त

वैज्ञानिकहरूले मस्तिष्कमा पाइने यस्तो ब्रेन रिसेप्टरु को खोजी गरेका छन्, जुन रिसका लागि जिम्मेवार हुन्छ । उक्त अध्ययन न्युरो साइन्स जर्नलु मा प्रकाशित छ ।

यो मस्तिष्क रिसेप्टर एउटा एन्जाइम हो, जसको नाम मोनोएमिन आक्सिडेसए हो । यो रिसेप्टरलाई बन्द गरेर कुनै पनि व्यक्तिलाई रिसबाट मुक्ति समेत दिलाउन सकिन्छ ।

यो एन्जाइमले राम्ररी काम नगर्दा मुसामा तुरुन्त रिस उठेको देखियो ।

यो रिसेप्टरलाई बन्द गरेर मुसालाई रिसबाट मुक्त गर्न वैज्ञानिकले सफलता पाएका छन् । यो एन्जाइम मानिसमा समेत पाइन्छ । त्यसैले मुसाको अनुसन्धान मानव जातिकै लागि हितकर हुने र सम्पूर्ण मानिस रिसबाट मुक्त हुन सक्नेमा वैज्ञानिकहरू आशावादी छन् ।

साउन क्यालिफोर्निया विश्वविद्यालय र इटालीका अनुसन्धानकर्ताहरूको यो खोजले सनकी(उन्मादी व्यवहार, अल्जाइमर रोग, अटिज्म, सिजोफ्रोनिया र बाइपोलर डिजअर्डर जस्ता धेरै किसिमका मनोवैज्ञानिक विकृतिको उपचारका लागि औषधि विकासमा सघाउन सक्छ ।

प्रकाशित मिति: Wednesday, July 04, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses