तेस्रो विश्व बाघ संक्षरण दिवस

आज जुलाई २९ तारिख, तेस्रो विश्व बाघ संक्षरण दिवस हो । वन्यजन्तु अपराध रोकौँ, यी मृत्यु गम्भिर हुन् भन्ने नाराका बाघ संरक्षणका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी विश्वभर मनाउँदैछन् ।

तेस्रो बाघ संरक्षण दिवशका अवसरमा राजधानीमा आज रिएको कार्यक्रममा बाघको संख्या बढेको जानकारी गराइएको छ ।

सन् २०१० मा नेपालमा एक सय ५५ वटा बाघ रहेकोमा अहिले बाघको संख्या एक सय ७६ पुगेको छ । बर्दिय राष्ट्रिय निकुन्जमा अघिल्ला दुइ बर्षमा १९ वटा रहेकोमा अहिले २२ पोथी र १५ भाले गरी ३७ पुगेको छ । यस्तै, शुक्लाफाँटा बन्यजन्तु आरक्षणमा यसअघि आठ वटा बाघ भएकोमा दुइवटा बाघ बढेर १० पुगेका छन् । यसैगरी चितवन राष्ट्रिय निकुन्जमा एक सय १५ वटा र पर्सामा चारवटा बाघ रहेको बताइएको छ ।

बाघ पाइने १३ वटा देशमा आज जुलाई २९ तारिख दिन विश्व बाघ संक्षरण दिवस मनाउने गरिन्छ ।
बाघ संरक्षणबारे जनचेतना जगाउन यो दिवस मनाउन सुरु गरिएको हो ।

वसको अवसरमा विश्व वन्यजन्तु कोष, डब्लु डब्लु एफले नेपाली चलचित्रका नायक राजेश हमाललाई बाघ बचाउ अभियानको सद्भावना राजदुतमा नियुक्त गरेको छ ।

सन् २०२० सम्ममा बाघको संख्या दोब्बर पार्ने सरकारी लक्ष्य छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा ५ हजारको हाराहारीमा बाघ रहेका छन् । भारतमा सबैभन्दा बढी ३ हजारको हाराहारी बाघ छन् ।

प्रकाशित मिति: Sunday, July 29, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses