इन्टरनेटमा पहिलो पटक फोटो अपलोड गरेको कती भयो ?


कति वर्ष पहिले विश्वमा पहिलोपटक इन्टरनेटमा तस्वीर अपलोड भएको होला रु र पहिलो पटक कुन तस्वीर अपलोड भएको होला रु हामी सबैमा एककिसिमको कौतुहल हुन्छनै आउनुस हेर्नुस् यहि हो पहिलो पटकको तस्वीर जुन सांगितिक ब्याण्ड ‘ लेस हरिबल्स सर्नेटु को २० बर्ष अगाडिको हो ।

इन्टरनेटको दुनियामा अहिले निकै ठूलो विकाश भैरहेको छ र हरेक साधारण प्रयोगकर्ताले विभिन्न साइटहरु मार्फत समेत अपलोड गर्ने तस्वीरहरु समेत गरी इन्टरनेटमा अपलोड गरिएका तस्वीर अनगिन्ती पुगिसकेका छन् ।

इन्टरनेट जगतमा यतिधेरै चमत्कार आइसकेको छ की निकै छोटो छलाङ मारेको  छ । कल्पना गर्न नसकिने सामाग्रीहरु अपलोड भैसकेका छन् र विश्व नै निकै नजिक बनेको छ । तर  इन्टरनेटमा पहिलोपटक तस्वीर अपलोड भएको बर्ष मात्र  २० वर्ष पुगेको छ ।

सन् १९९२ को १८ जुलाइका दिन विश्वमा पहिलोपटक इन्टरनेटमा तस्वीर अपलोड भएको थियो । डब्लु डब्लु डब्लु अर्थात् बेवको निर्माणमा जुटेका स्विजरल्याण्डको जेनेभास्थित सर्न प्रयोगशालाका वैज्ञानिक इन्टरनेटमा तस्वीर अपलोड गर्न सक्षम भएका थिए । वेबका जन्मदाता टिम बान्र्स ली ले १८ जुलाई सन् १९९२ मा अपलोड गरेका थिए । र यसरी पहिलोपटक इन्टरनेटमा आफ्नो तस्वीर अपलोड गराएर भाग्यमानी बनेको थियो चर्चित सांगितिक ब्याण्ड ‘ लेस हरिबल्स सर्नेट’ । सर्न कै कर्मचारीले स्थापना गरेको उक्त सांगितिक ब्याण्डका महिला सदस्यहरुको तस्वीर थियो त्यो । ली ले बेवसाइटको निर्माण सफल भए नभएको परीक्षण गर्न उक्त तस्वीर अपलोड गरे र सफल पनि भए ।

स्मरण रहोस् इन्टरनेटमा पहिलोपटक तस्वीर अपलोड भएको २० वर्ष पुगेको अवसरमा उक्त ब्याण्डले हालै जेनेभामा आफ्नो अन्तिम सांगितिक कार्यक्रम पनि गरेको छ । सन् ६० को दशकमा चर्चित रहेको उक्त महिला ब्याण्डको संगित सँगै विश्वमा सूचनाप्रविधिको विकाशमा पनि योगदान रहेको बताइन्छ ।

प्रकाशित मिति: Monday, July 23, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses