आलुका फाइदाहरु, यसरी प्रयोग गरे ‌औषधि हुन्छ

सायद तपाई हामीमध्ये थोरैलाई मात्र थाहा होला की आलु पनि औषधिको रुपमा प्रयोगमा आउन सक्छ । आलु यस्तो चिज हो जता पनि ठिक हुने एककिसिमको तरकारी हो । अचेल कतिपयले आलुलाई मोटोपन बढाउने तत्वको रुपमा हेरेर आलुको प्रयोग कम गर्न वा नगर्न थालेका छन् । तर आलुको केहि यस्ता गुणहरु पनि छन् जसलाई थाहा पाउनु भयो भने तपाईले आलुको प्रयोग गर्न कहिल्यै छोड्नुहुने छैन । 

जानौं आलुका खास विशेषताहरु :

१) आलुमा भिटामिन सी, भिटामिन बि कम्प्लेक्स तथा आइरनको साथमा क्याल्सियम, म्याग्निज, फस्फोरस लगायतका तत्वाहरु हुन्छन । प्रति १०० ग्राम आलुमा १.६ प्रतिशत प्रोटिन, २२.६ प्रतिशत कर्बोहाईड्रेत, ०.१ प्रतिशत बोशो, ०.४ प्रतिशत खनिज र ९७ प्रतिशत क्यालोरी उर्जा पाइन्छ ।

२) आलुलाई भुटेर खानाले यसले अनाबश्यक बोशो घटाएर मोटोपनलाई पनि सन्तुलित गराउँछ । भुटेको आलुको केहि दिनसम्मको दैनिक प्रयोगले पुरानो कब्जियतलाई पनि निको पार्न सक्छ ।

३) उच्च रक्तचाप भएका व्यक्तिहरुको रक्तचापलाई सन्तुलनमा राख्न पनि आलुको नियमित सेवनले महत्वपुर्ण भूमिका निभाउँछ ।

४) आलुमा पोटासियम साल्ट हुने गर्दछ जसले अम्लपित्त रोक्ने काम गर्दछ। 

५) रक्तपित्तका बिरामीहरूका लागि  आलु एकदमै फाइदाजनक छ।

६) उच्च रक्तचापका व्यक्तिहरूले पनि आलु प्रयोग गरेमा रक्तचाप सामान्य हुन् जान्छ।

७) मृगौला पत्थरीका व्यक्तिहरूले आलु मात्र खाएमा एकदमै लाभ हुन्छ। पथरीका रोगीहरूलाई केवल आलुमात्र खुवाएर पटक–पटक पानी खुवाएमा मृगौला पत्थरी सजिलैसँग हराउँछ।


८) आलुको रस, दूध पिउने, बच्चा बच्चीलाई पिलाउने हो भने उनीहरू मोटो–घाटो हुनेछन्। अझ राम्रो त आलुको रसमा मह मिलाएर खुवाउन सकिन्छ।

९) शिरमा काटेको काँचो आलु दल्नाले टाउको दुखाईमा कमी आउँछ ।

आलु सौन्दर्यको लागि पनि उतिकै लाभदायकः

१) आलुको रसको प्रयोगले अनुहारमा रहेको दाग-धब्बा हटाउनका साथै छालाको निखारता पनि ल्याउँछ । आलुमा हुने पोटासियम, सल्फर, फस्फोरस र क्याल्सियमको मात्रा छालाको सफाई गर्न मद्धत गर्छ । हरेक हप्ता एकपटक आलुको फेस मास्क लगाउनाले छालामा चम्किलोपना आउँछ ।


२) उसिनेको पानीमा एउटा आलुलाई मिचेर कपाल धुनाले कपाल नरम र चम्किलो हुनुको साथै जरैदेखि बलियो हुन्छ । कपाल झर्ने समस्या र चाडै फुल्ने समस्यालाई पनि यसले कम गराउँछ ।

३) आलुलाई धुलो बनाएर छालामा दल्नाले छालाको रंग गोरो हुन्छ । आलुको रसलाई कागतीको केहि थोपा रससंग मिलाएर दागहरुमा लगाउनाले दागहरु केहि हदसम्म हट्छन ।

४) आलुको रसलाई मुल्तानी माटोसंग मिलाएर चाउरी परेको भागमा लागेर २० मिनेटसम्म राख्नुहोस, अनि आफ्नो अनुहार धुनुहोस । यसो गर्नाले अनुहारको चाउरीपनाबाट छुटकारा मिल्छ ।

५) आलुको टुक्रालाई गर्दन, कुहिनोजस्ता भागहरुमा दल्नाले यी भागहरुको छाला नरम र सफा हुन्छन ।
आगोले पोलेको ठाउँमा आलुलाई काटेर दल्नाले केहि हदसम्म आराम मिल्दछ ।

६) कहिलेकहीँ हाम्रो शरीरमा चोट लाग्दा निलो हुने गर्दछ। निलो हुने भागमा आलु पिसेर लगाउँदा निको हुन जान्छ।

आलु भाँडावर्तन सफा गर्न पनि:

१) आलुमा अक्जेलिक एसिड हुन्छ । यसकारण यसको प्रयोग फलामको भाँडा तथा शीशाको सफाइ गर्नका लागि पनि गर्न सकिन्छ । धातुको सामानमा भएको दागहरू मेटाउनका लागि पनि आलुको प्रयोग गर्न सकिन्छ । आलुमा नुन लगाएर भाँडा माझ्दा पनि धातुका भाँडामा लागेको दागहरू मेटिन्छ । यस्तै, शिशा चम्काउन पनि आलुको प्रयोग गर्नु फाइदाजनक हुन्छ ।

२) पहिले आलुलाई काँचमा रगडेर, सफा कपडा या कागजले पुछे शिशाको भाँडा या अन्य सामान चम्किलो हुन्छ ।

३) यदी चाँदी या अन्य गहना काली भयो भने आलु उमालेर बाँकी रहेको तातो पानीमा डुबाइदिए या काटेको आलु रगडे, त्यसको पुरानो चमक पुन प्राप्त गर्न सकिन्छ । अनलाइनको साहारामा

प्रकाशित मिति: Tuesday, January 05, 2016

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses