सम्झिने शक्ति बढाउने खानेकुरा

आफ्नो सम्झिने शक्ति बढाउने हो भने धेरै केही गर्न पर्दैन । खानेकुरामा अलिकति मात्रै ध्यान दिने हो भने त्यसले दिमागको शक्ति बढाइदिन्छ । नेपालको परिप्रेक्ष्यमा धेरैलाई थाहा छ, रातो मासु खानेभन्दा भेज खानेकुरा जोड दिनेहरु पुस्तौंदेखि राज गरिरहेका छन् । उनीहरुलाई बुद्धिमानी मानिन्छ । त्यसैले आफ्नो खानपानमा ध्यान दिएर बुद्धि बढाउने हो कि ? 
गाढा हरियो पात भएको तरकारी: (पालुंगो र ब्रोकाउली)

गाढा हरियो पात भएको तरकारी  सम्पूर्ण स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसमा पनि यो ब्रेनका लागि अझ धेरै लाभदायी हुन्छ  । पालुंगो र ब्रोकाउली ब्रेनका लागि असाध्यै उपयुक्त तरकारी मानिन्छन् । किनभने यीनीहरुमा  एन्टिओअक्सिडेन्ट, फोलेट, बेटा–क्यारोटिन र भिटामिन सि पाइन्छ ।
माछा: (असला जातको माछा)

माछा स्वास्थ्यका लागि लाभदायक भएको भन्ने पर्दैन । यी मध्य पनि नेपालको पहाडी क्षेत्रमा पाइने असला जातको माछामा त बुद्धि बढाउने तत्व प्रचुर मात्रामा हुन्छ र यसको अर्थ अरु माछामा नहुने होइन । विशेष गरी हेर्दा चिल्लो जस्तो लाग्ने माछामा ओमेगा–३ फ्याट्टी एसिड पाइन्छ, जुन तत्व ब्रेनका लागि असाध्यै राम्रो मानिन्छ । दुई हप्ता लगतार यस्तो माछा खान सकियो भने स्मरण शक्ति ह्रास हुने समस्याबाट समेत केही राहत मिल्न सक्छ ।
अण्डा:
अण्डाको पहेँलो भागमा धेरै मात्रामा भिटामिन र मिनिरल्स हुन्छन्, यीनीहरुले दिमागको विकासमा राम्रो भूमिका निर्वाह गर्छन् । यसमा प्रशस्त मात्रा आइरन पाइन्छ, रेड ब्लड सेल्सहरु उत्पादन गर्नमा मद्धत गर्छ । जसले दिमागसम्म अक्सिजन पुर्‍याउने काम गर्छ । यसमा भिटामिन ‘बि १२’ र आयोडिन पनि पाइन्छ । जसले दिमागलाई  धारिलो बनाउन मद्दत गर्छ ।
ग्रिन टी:
तपाईँलाई थाहा छँदैछ, हाम्रो दिमाग ७० प्रतिशत भन्दा धेरै पानीले बनेको हुन्छ । यसमा पानी धेरै हुनुको कारण राम्रोसँग काम गरिरहेको हुन्छ । थकित भइयो भने पानीको आवश्यक यसकारण पनि पर्छ । पानीसँगै ग्रिन टी पिउन सकियो भने दिमागमको विकासमा सघाउँछ । यसले अक्सिजन आपूर्ति गर्ने तत्व उत्पादन गर्नुका साथै दिमागलाई कमजोर पार्ने रोगबाट समेत बचाउँछ । स्वास्थ्यखबर पत्रिका

प्रकाशित मिति: Saturday, January 02, 2016

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses