चीनमा एक सन्तानको नीतिअनुसार हुर्किएका बच्चा निराशावादी

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनमा एक सन्तानको नीति छ । यो नीतिले जनसंख्या बृद्धिदर नियन्त्रण गर्न सघाएको चिनियाँ अधिकारीहरु बताउँछन् । तर, एक सन्तानको नीतिअनुसार हुर्किएका बच्चा निराशावादी हुँदै गएको एक अध्ययनले देखाएको छ । उनीहरु जोखिम उठाउन डाराउँछन् र उनीहरुमाथि विश्वास गरिहाल्न हुन्न । अष्ट्रेलियाली शोधकर्ताहरुको टिमले चीनमा एक सन्तानको नीति लागू भएपछि र पहिलेका बच्चाहरुको बीचमा तुलना गरेका छन् । शोधमा भाग लिएकाहरुको व्यवहार र व्यक्तित्वको अबलोकन गरिएको थियो ।

शोधका मुख्य सश्लेशक प्रोफेसर लीन्जा क्यामरुन भन्छन्–’हामीले पायौं कि जो मानिस एक सन्तान नीति लागू भएपछि जन्मिए, उनीहरुमाथि विश्वास गर्न मुश्किल हुन्छ र उनीहरुको जोखिम उठाउने हिम्मत कम छ भनेर अनलाईनखबर लेख्छ। जब कि यो नीति लागू हुनु अघि जन्मिएकाहरुमा यो समस्या छैन ।’ क्यामरुनका अनुसार एक सन्तानको नीति लागू भएपछि जन्मिएका चिनियाँ बच्चाहरु इमान्दार र केही सन्की हुन्छन् ।

चीनमा एक सन्तानको नीति सन् १९७९ बाट लागू भएको हो, जसका कारण विवाहित जोडीहरु एउटा मात्र सन्तान जन्माउन पाउँछन् । यस अध्ययनका लागि ४ सय २१ मानिसको सर्वेक्षण गरिएको थियो, जसमा आधाजसो एक सन्तानको नीति लागू भएपछि जन्मिएका र आधा त्यस अघिका थिए ।

प्रकाशित मिति: Saturday, January 12, 2013

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses