एसियाका घुम्नैपर्ने १० औ सहरमा काठमाण्डौं


यो बर्ष भ्रमण गर्नुपर्ने एसियाका उत्कृष्ट सहरको सूचीमा काठमाण्डौं पनि परेको छ । भ्रमण सुझाव दिने प्रसिद्ध अमेरिकी वेबसाइट ‘ट्रिपएडभाइजर डटकम’ ले सन् २०१३ का लागि तयार पारेको एसियाली सहरको सूचीमा काठमाण्डौं १० नम्बरमा परेको हो ।ट्रिपएडभाइजरको भ्रमण सूचीमा नेपालको राजधानी काठमाण्डौं ऐतिहासिक स्थल, प्रसिद्ध मठमन्दिर, तीर्थस्थल र मनमोहक गाउँले घेरिएको उल्लेख छ ।





‘त्यसमाथि तीनवटा दरबार स्क्वायरमात्र नभई पर्वतारोही र पदयात्रीलाई एकै थलोमा जमघट गराउने ठमेल पनि यहीँ छ,’ ट्रिपएडभाइजरले तयार पारेको २५ सहरको सूचीमा काठमाण्डौंको बयान यसरी गरिएको छ ।



सूचीमा कम्बोडियाको सियाम रिप पहिलो स्थानमा छ ।

दोस्रो र तेस्रो स्थानमा चीनको बेइजिङसाङघाइ परेका छन् ।













चौथोमा थाइल्याण्डको चियाङ माई,

पाँचौमा माल्दिभ्सको माले,

छैटौंमा भारतको गोआ,

सातौंमा फिलिपिन्सको बोराके,

आठौंमा चीनकै हङकङ

नवौंमा भियतामको हनोइ सहर परेका छन् ।

प्रकाशित मिति: Friday, January 11, 2013

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses