२०५७ सालदेखिको एसएलसी प्रमाणपत्र इन्टरनेटमा


नक्कली एसएलसी प्रमाणपत्र बनाएर झुक्याउन खोज्नेहरुको दिन अब गए। परीक्षा नियन्त्रण कार्यालयले २०५७ देखि २०६८ सालसम्मका करिब २७ लाख विद्यार्थीका प्रमाणपत्र अनलाइनबाट भेरिफाइ गर्न सकिने बनाएको छ। http://verify.soce.gov.np/index.phpमा गएर जन्ममिति, सिम्बोल नम्बर र पास गरेको वर्ष राखेपछि प्रमाणपत्र हेर्न सकिन्छ।

यसले १२ वर्षको अवधिमा पास भएका विद्यार्थीहरुको प्रमाणपत्र प्रमाणिकरण गर्न परीक्षा नियन्त्रण कार्यालय पठाइरहनुपर्ने झण्झट हटेको छ। २०५७ सालअघि एसएलसी पास गरेकाहरुको प्रमाणपत्रको इलेक्ट्रोनिक कपी उपलब्ध नभएकोले त्यसलाई भने अनलाइनमा राख्न सकिएको छैन।

प्रकाशित मिति: Wednesday, December 26, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses