नवौ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस (डिसेम्वर ५ )

स्वास्थ्य तथा जनसंख्या मन्त्रि राजेन्द्र महतोले महिला स्वयंसेविकाहरुको योगदानकै कारण
स्वास्थ्य सुचकहरुमा उल्लेख्य सुधार आएकाले उनीहरुको सम्मान गर्न राज्य चुक्न नहुने वताउनुभएको छ ।
नवौ राष्ट्रिय महिला स्वास्थ्य स्वमसेविका दिवसको अवसरमा स्वास्थ्य सेवा विभाग टेकुमा भएको कार्यक्रममा उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवा सुविधा वृद्धि गर्न आफुले पहल गर्ने आश्वासन दिनुभयो ।

मन्त्री महतोले स्वयंसेविकाहरुले राखेको विमाको व्यवस्था हुनुपर्ने,भत्ता दिनुपर्ने,समय अनुकुल तालिमको व्यवस्था हुनुपर्ने लगायतका माग जायज रहेको भएपनि पुर्ण बजेट नआएकाले पुरा गर्न समस्या भएको बताउनुभयो ।

कार्यक्रममा गत आर्थिक वर्षमा राम्रो सेवा उपलव्ध गराएका देशभरका १६ जना स्वयंसेविका रुलाई पुरस्कृत पनि गरिएको थियो ।

हरेक वर्ष डिसेम्वर ५ का दिन अन्र्तराष्टिय स्वयंसेविका दिवस मनाउने गरिन्छ ।  नेपालमा अन्र्तराष्ट्रिय स्वयंसेविका दिबसकै दिन राष्ट्रिय महिला स्वास्थ्य स्वयंमसेबिका दिबस मनाइन्छ ।

आर्थिक बर्ष २०४५–४६ मा २७ जिल्लावाट सुरु भएको महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम अहिले ७५ वटै जिल्लामा लागु गरिएको छ । देशभर करिव ५२ हजार स्वास्थ्य स्वमसेविका रहेका छन् । 

स्वास्थ्य स्वयंसेविका ो योगदानका कारण नेपालमा वालमृत्युदर तथा मातृमृत्युदरमा कमी आएको छ ।

प्रकाशित मिति: Wednesday, December 05, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses