तपाइँको सरीरको कुन भागमा कोठी छ ?


दाहिने गालामा कोठी हुनेको भाग्य हुन्छ, आँशु झर्ने ठाउँमा कोठी हुने भाग्यमानी हुँदैनन् धारणा हाम्रो समाजमा प्रसस्त्रै पाइन्छ ।

यस्ता धारणाको वैज्ञानिक पुष्टी त अहिलेसम्म भएको छैन तरपनि जनसाधारण मात्र नभएर ज्योतिषीहरुले समेत कालो कोठीको खास महत्व हुने बताउँछन् ।

यस्तो कोठी सरीरको कुन भागमा छ त्यसले सोही अनुसारको शुभाशुभ फल दिने मत ज्योतिषीहरुको छ ।
कोठीले दिने फलको रोचक तथ्य यस्तो छ :-
1. निधारमा कोठी हुनेहरु बलबान हुन्छन् ।
2. चिउडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढि माया गर्दैनन् ।
3. दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढि माया गर्छन् ।
4. बायाँ आँखाको ढकनीमा कोठी हुनेको दाम्पत्य जीवन सुखी हुँदैन ।
5. दाहिने गालामा कोठी हुने मान्छे धनी हुन्छ ।
6. बायाँ गालामा कोठी हुने मान्छे खर्चालु हुन्छ ।
7. ओँठमा कोठी हुने मान्छे यौनको भोको हुन्छ र सधै सेक्सकै विषयमा सोँचिरहन्छ ।
8. कानमा कोठी हुनेको आयू छोटो हुन्छ ।
9. गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र खाली आराम गरिरहन चाहन्छ ।
10. दाहिनी पाखुरामा कोठी हुने व्यक्ति गन्यमान्य हुन्छ र समाजमा उच्च स्थान पाउँछ ।
11. बायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छ ।
12. नाकमा कोठी हुने व्यक्ति फिरन्ते जस्तै हुन्छ र प्राय यात्रा गरिरहनुपर्छ ।
13. दायाँ छातिमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई बहुतै प्रेम गर्छन् भने बायाँ छातिमा कोठी हुनेहरु स्वास्नीसँग झगडा गरिरहन्छन् ।
14. कम्मरमा कोठी हुने रोगी हुन्छन् ।
15. पेटमा कोठी हुनेहरु खानाका पारखी हुन्छन् ।
16. दाहिने हत्केलामा कोठी हुनेहरु बलबान हुन्छन् ।
17. बायाँ हत्केलामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।
18. दायाँ खुट्टामा कोठी हुनेहरु बुद्धिमान हुन्छन् भने बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।

प्रकाशित मिति: Thursday, December 06, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses