स्पाम मेलबाट कसरी पाउने छुटकारा ?


इन्टरनेटमा दिनहुँ करोडौँ इमेल आदान प्रदान हुन्छन् । तर यी मध्ये झण्डै आधाजसो स्पाम इमेल हुन्छन् । कामै नलाग्ने स्पाम मेल आफ्नो इमेल ठेगानामा आउँदा तपाइँ पनि दिक्क हुनुभएको छ होला ।
वास्तवमा स्पाम मेलमा खासगरी कम्पनीहरुका विज्ञापन वा विभिन्न प्रकारका अफर तथा सूचनाहरु देख्न पाइन्छ जो उक्त इमेल प्रापकको सरोकारको विषय हुँदैन । कहिलेकाहीँ यस्ता स्पाम मेल खतरनाक पनि हुन्छन् अर्थात् यी स्पाम मेलमा भाइरस पनि पठाइन्छ ।
भाइरस भएका यस्ता स्पाम मेल खोल्नुभयो भने त्यसले तपाइँको कम्प्युटरको हार्डडिस्कका डाटालाई समेत नष्ट गरिदिन सक्छ ।
वास्तवमा स्पाम मेल इमेल प्रयोगकर्ताको टाउको दुखाइ नै हो र यसलाई दिनहुँ डिलिट गर्दा गर्दा सायद तपाइँ पनि हैरान हुनुभएको छ होला । तर अब तपाइँले दिनहुँ स्पाम मेल डिलिट गर्ने दुख व्यहोर्नुपर्ने छैन । तपाइँले आफ्नो इमेल ठेगानामा यस्ता स्पाम मेल ब्लक गर्न सक्नुहुन्छ ।

 त्यसका लागि निम्न तरिका अपनाउनुहोस् :

यदि तपाइँ जिमेल प्रयोग गर्नुहुन्छ भने सुरुमा आफ्नो इमेल अकाउण्टमा लगइन गर्नुहोस् । त्यसपछि सेटिङ अप्सनमा क्लिक गर्नुहोस्, सेटिङ आइकनमा क्लिक गरेपछि त्यहाँ एउटा फिल्टर अप्सन खुल्नेछ, त्यहाँ तपाइँले तपाइँलाई दुख दिइरहने स्पाम इमेलको ठेगाना लेख्नुहोस्, स्पाम मेलको ठेगाना लेखेसँगै चूज एक्सन बक्समा रहेको डिलिट अप्सनमा टिक लगाउनुहोस् र सेटिङ सेभ गर्नुहोस् । यसो गरिसकेपछि तपाइँको मेल बक्समा आउने स्पाम मेल आफै डिलिट हुनेछन् । Onlinekhabar

प्रकाशित मिति: Saturday, December 22, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses