तनावले मुटुमा हान्छ ।

तपाई तनाव कत्तिको लिनुहुन्छ ? कुनै समस्या पर्दा वा चिन्ता हुँदा तनाव महशुश गर्नु त मानवीय स्वभाव नै हो । तर, हामीले लिने यस्तै सानातिना तनावले पनि हाम्रो मुटुमा गम्भीर असर गरिरहेको हुन्छ । तनाव लिंदा हामीले थाहै नपाई मुटुरोग निम्त्याइरहेको हुनसक्छौं ।

तनाव लिने मान्छेलाई मुटु रोगको सम्भावना २७ प्रतिशत बढी हुने एक अध्ययनले देखाएको छ । अमेरिकाका ६ बिद्यार्थीले एकलाख २० हजार व्यक्तिहरुसँग १४ बर्ष लगाएर गरेको अध्ययन अनुसार यस्तो तथ्य पत्ता लागेको हो ।

यस्ता व्यक्तिका मुटुका धमनी र शिराका प्वालहरु सानो हुँदै गएर श्वासप्रश्वासमा समस्या हुने र कालान्तरमा मृत्यु हुने सम्भावना बढी भएको अध्ययनकर्ताहरुले बताएका छन् ।

मुटुरोग अमेरिकीहरुको प्रमुख स्वास्थ्य समस्यामध्ये एक मानिन्छ । अमेरिकामा बर्षेनी मुटुरोगकै कारण करिब ४ लाख मानिसहरुको मृत्यु हुने गरको तथ्यांक छ ।

अनुसन्धानमा सहभागी गराइएकाहरुलाई उनीहरुले लिएको तनावको अवस्थाबारे सोधर १४ बर्षसम्मको निरन्तर अनुगमनपछि निश्कर्ष निकालिएको कोलम्बिया विश्वबिद्यालयका अनुसन्धान लेखक डोनाल्ड एडमन्डसनले बताएका छन् ।

प्रकाशित मिति: Wednesday, December 19, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses