नेपाल १ सय ३९ औं स्थानमा

नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये १ सय ३९ औं स्थानमा परेको छ । भ्रष्टाचार सम्बन्धी नियामक संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले १ सय ७६ वटा राष्ट्रमा गरेको सर्वेक्षणपछि बुधबार सार्वजनिक गरेको सर्वेक्षणमा नेपाल मुलुकमध्ये १ सय ३९ औं स्थानमा परेको हो ।  बढी भ्रष्टाचार हुने मुलुकलाई क्रमशः सूचीमा तल्लो स्थानमा राखिएको छ । एक सय सूचाङक राखेर मुल्यांकन गरिएको सय अंकले न्यून र ० अंकले अधिकतम भ्रष्टाचार जनाउँछ । नेपालले २७ अंक प्राप्त गरेको छ ।

डेनमार्क, फिनल्याण्ड, नयुजिल्याण्ड कुल एक १ सय मध्ये ९० अंक प्राप्त गरी कम भ्रष्टाचार हुने सूचीम छन् । अफगानिस्तान, उत्तर कोरिया र सोमालिया ८ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टचार हुने मुलकका रुपमा सूचिकृत भएका छन् । दक्षिण एसियाली मुलुकहरुमा बंगलादेश र आफगानिस्तान  नेपाल भन्दा पछाडि छ । भुटानले  ६४, श्रीलंकाले ४०, भारतले ३६, पाकिस्तानले २७ र बंगलादेशले २६ अंक प्राप्त गरेका छन् ।

राजनीतिक संक्रमणको बहानामा सरकार, राजनितक दल र नेतृत्व भ्रष्टाचार नियन्त्रणमा गम्भीर हुन नसकेको प्रष्ट भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । अघिल्लो वर्ष १ सय ८३ देशमा गरिएको सर्वेक्षणमा नेपाल १ सय ५४ औं स्थानमा थियो ।

प्रकाशित मिति: Wednesday, December 05, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses