इन्टरनेटबाट पढ्न पाइने किताब


नेपाली पुस्तकहरू अब विश्वका कुना कुनामा इन्टरनेटका माध्यमबाट पढ्न पाइने भएको छ । पाण्डुलिपि बुक्सले आइतबारेदेखि ई-पुस्तक बिक्री थालेको छ । संस्थाले हाल जगदीश घिमिरेको 'अन्तर्मनको यात्रा', कृष्ण धरावासीको 'पाण्डुलिपि', नयनराज पाण्डेको 'लू' र श्रवण मुकारुङको 'बिसे नगर्चीको बयान' वेबसाइटमा राखेको छ । यी पुस्तक डब्लूडब्लूडब्लू डट पाण्डुलिपिबुक्स डट कम वा डब्लूडब्लूडब्लू डट ई-बुक्स डट कम डट एनपीमा गई निश्चित रकम तिरेपछि पढ्न सकिनेछ ।

नेपाली पुस्तकलाई बृहत् विद्युतीय पुस्तक संग्रहका रूपमा विकास गर्ने पाण्डुलिपि बुक्सको लक्ष्य रहेको कार्यकारी निर्देशक दीपक कथितले बताए । 'सामाजिक सञ्जालको बढ्दो प्रयोग र नेपालीको व्यापक बन्दै गएको बसोबासका कारण नेेपाली साहित्यको दायरा पनि फराकिलो बनाउनु जरुरी छ,' बुक्सद्वारा जारी विज्ञप्तिमा छ ।

प्रकाशित मिति: Wednesday, December 19, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses