आगामी बर्ष CNN हिरोका लागि महिला स्वास्थ्यसेविका

सिएनएन हिरोका लागि अगामी वर्ष सरकारीस्तरबाट आवेदन दिइने भएको छ ।
वडास्तरमा महिला स्वास्थ्यसेविकाले निःशुल्करुपमा प्रवाह गरिराखेका स्वास्थ्य सेवाका बारेमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउन महिला स्वास्थ्यसेविकालाई सिफारिस गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा सेनेन्द्रराज उप्रेतीले भन्नुभयो(”महिला स्वास्थ्यसेविकाका योगदानलाई लिएर हामी पनि सिएनएन हिरोका लागि निवेदन दिन्छौँ ।”

नेपालको गैरसरकारी संस्थाका तर्फबाट दिइएको आवेदनमा नेपालका अनुराधा कोइराला र पुष्पा बस्नेत सिएनएन हिरोबाट सम्मानित भइसक्नुभएको छ ।

समुदायका स्वास्थ्य समस्या सरकारसमक्ष र सरकारका स्वास्थ्य सेवाका कार्यक्रम समुदायसमक्ष पुर्‍याउन महिला स्वास्थ्यसेविकाहरुले सेतुका रुपमा भूमिका निर्वाह गरिराखेका छन् । विसं २०४७ देखि सुरु यस कार्यक्रमबाट हाल ५२ हजार महिला स्वयम्सेविकाले एक करोड जनतालाई प्रत्यक्ष सेवा पुर्‍याइराखेका छन् । आधारभूत स्वास्थ्य सेवाअन्तर्गतका परिवार नियोजन, सुरक्षित मातृत्व, नवजात शिशु स्याहार, खोप, भिटामिन ए क्याप्सुल वितरण, झाडापखाला नियन्त्रण, गर्भवती महिलालाई आइरन चक्की वितरणजस्ता काम समुदायस्तरमा उनीहरुले निःशुल्करुपमा गरिराखेका छन् ।

प्रकाशित मिति: Wednesday, December 05, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses