जाडोमा छालाको स्याहार


 काठमाण्डौमा पानी परे देखि झनै जाडो बढिरहेकोछ । मौसममा आएको परिवर्तनसँगै छालाजन्य विविध समस्याले हामीलाई गाँज्न थालिसकेको छ । रोग लागेर औषधि गर्नुभन्दा रोगै लाग्न नदिनु बेस हुन्छ । 

त्यसैले चिसो मौसमको सुरुमै सावधानी अपनाउन सक्यौं भने यसको प्रभावबाट जोगिन सकिन्छ अनि आफ्नो प्रभावकारी व्यक्तित्वलाई पनि यथावत् राख्न सहयोग पुर्‍याउँछ । चिसो मौसममा छालालाई विशेष सुरक्षा दिनु आवश्यक हुन्छ ।

चिसो सुरु हुनासाथ छालाको चमकमा कमी देखिन थाल्छ । छाला रुखो, ज्यान नभएको, निस्तेज र कान्तिहीन मात्र हुँदैन यसले आपmनो आकर्षणसमेत गुमाउँछ ।

'चिसो हावाले छालाको आदर््रता सोस्छ,' 'यसकै असरस्वरूप छालामा समय अगावै बुढ्यौलीको प्रभाव -पि्र-म्याच्योर एजिङ) सुरु हुन्छ ।'

चिसो याममा हाम्रो छालाको तेलग्रन्थीको काम गर्ने गति धेरै सुस्त हुने भएकाले छाला रुखो हुन्छ । चिसोका कारण छालाको तेलग्रन्थीले पर्याप्त मात्रामा छालाबाहिर तेल पुर्‍याउन सक्दैन ।

चिसो हावाले छालामा रुखोपना बढाउँछ । तर यसभन्दा पनि बढी यसको प्रभाव छालाको पहिलो तह अर्थात् एपिडर्मिसमा पर्छ ।

अमेरिकन एकेडमी अफ डर्मेटोलजी
-एएडी) का अनुसार जब छालाको पहिलो तहमा खुम्चिन्छ अनि हाम्रो कोशिकामा टुटफुट हुन्छ । यो टुटफुट मसिनो रेखाका रूपमा छालामा देखिन्छ । यो फाइन लाइन हो र पछि चाउरीमा परिवर्तित हुन्छ । 'यसले गर्दा मौसम र उमेरको असर सबैभन्दा पहिले तपाईं/हाम्रो अनुहारमै देखिन्छ,', 'चिसोयाममा छालाको विशेष हेरचाह गरेर यो समस्याबाट धेरै हदसम्म टाढिन सकिन्छ ।'

चिसोयाममा मुख्य समस्या छालाको रुखोपना हो । 'तपाइर्ं जतिपटक आफ्नो छालालाई फेसवास वा साबुनले सफा गर्नुहुन्छ, त्यति नै पटक तपाईंको छाला रुखो हुन्छ,'र, 'सफा गर्दा छालाको प्राकृतिक नरमपन नष्ट हुन्छ, यसको असरले छाला रुखो र निस्तेज देखिन्छ । ओठ फाट्न थाल्छन्, कुर्कुच्चा फुट्न थाल्छन् ।'

यो मौसममा वातावरणमा नरमपन कम हुनाले छालाले आपmनो प्राकृतिक चमकलाई समेत गुमाउँछ । तैलीय छालामा समेत चिसो हावाको प्रभाव पर्छ । आपmनो छालाको किसिमअनुसार कोल्डक्रिम, मोइस्चराइजर लगाउनुपर्छ । 'सुख्खा छाला मुलायमपन चाहन्छ,', 'यो मौसममा छालाको स्याहारको एउटै मन्त्र हो- मोइस्चराइजर, मोइस्चराइजर र मोइस्चराइजर ।'

ओठको छाला धेरै पातलो हुन्छ । यसैले चिसोयाममा ओठको विशेष स्याहार गर्नु आवश्यक हुन्छ । ओठमा पेट्रोलियम जेल वा लिपक्रिम लगाउन बिर्सनु हुन्न ।

गर्मीजस्तै चिसोमा समेत छालाको रेखदेख उत्तिकै आवश्यकता हुन्छ । यस मौसममा समेत परावैजनी किरणले गर्मीयाम जत्तिकै तीव्र रूपमा छालामा हमला गर्ने भएकोले घाममा निस्किनुभन्दा ३० मिनेटअघि २५ देखि ४० एसपीएफको सनप्रोटेक्सन लोसन लगाउनुपर्ने हुन्छ ।

यो मौसममा चिसो हावा र रुम हिटरबाट निस्किने न्यानो हावाको मिश्रणले छालाको माथिल्लो तहको सबै प्राकृतिक नरमपनलाई सोस्छ । छालाको यही प्राकृतिक तेल छालाको प्राकृतिक पानी सन्तुलनलाई जोगाइराख्नका लागि एउटा अवरोधको काम गर्छ ।

'जब छाला टाइट हुन्छ, त्यतिखेर तपाइ थाहा पाउनुहुन्छ तपाईंको छाला सुख्खा भयो,'। त्यतिखेर छालाले चमक गुमाएको जस्तो देखिन्छ र रुखोपनाले गर्दा छालामा जलनसँगै चिलाउने समस्यासमेत देखिन सक्छ ।

के गर्ने ?
अनुहार र शरीरमा नियमित रूपमा उपयुक्त र गुणस्तरयुक्त क्रिम र मोइस्चराइजर लगाउनुस् । नरमपन छालाको रक्षाकवच हो । पहिले गाउँघरमा चिसोयाममा नुहाउनुअघि जीउमा तेलले मालिस गर्ने सल्लाह दिने गरिन्थ्यो । हाल नुहाएपछि भने बडी आयल लगाउन बिर्सनुहुन्न । एएडीका अनुसार नुहाएको तीन मिनेटभित्रै शरीरमा मोइस्चराइजर लगाउनुपर्छ । यसो गर्दा छालामा भएको पानीलाई मोइस्चराइजरले सुक्न दिँदैन ।

यस्तै, नुहाएपछि भने तौलियाले जीउ कस्सेर पुछ्नु हुन्न । यसले गर्दा छालाको नरमपन र प्राकृतिक तेल दुवै बाहिर निस्किन्छ । बढी तातो पानीले नुहाउँदा छाला अझ बढी सुख्खा हुने गरेको छ । तातो पानीले छालाको प्राकृतिक तेललाई विस्थापन गर्छ । यसैले मनतातो पानीले कम समय अर्थात् पाँचदेखि १० मिनेटमै नुहाइसक्नुपर्छ । नुहाउने क्रममा बढी समय तातो पानीमा बिताउनाले शरीरमा सुख्खापन बढ्न जान्छ ।
बाथरुम बन्द गरेर नुहाउँदा यसले शरीरलाई चाहिने आदर््रतालाई जोगाएर राख्छ ।

यस्तै, साबुनले छाला रुखो हुने भएको नरम प्रकृतिको साबुन प्रयोग गर्नुपर्छ । चिसोयाममा साबुनको कम प्रयोग गर्नुपर्छ । साबुनको सट्टा फेसवास, बडी वास वा सावर जेल राम्रो मानिन्छ । बास्नायुक्त साबुन वा यस्ता उत्पादनको प्रयोग नगर्नुस् । यस्ता उत्पादनमा रसायनको मात्रा बढी हुन्छ । यस्तो साबुन लगाउनुस् जसमा न्युट्रल पीएच भ्याल्यु होस् ।

अनुहारलाई हातले हल्कासँग सफा गर्नुस् । चिसोयाममा छालाको मृत कोषलाई हटाउनका लागि बलपूर्वक छिटोछिटो नदल्नुस् । मुख्यतः रुखो छाला भएकाहरूले यसो गर्नु हुँदैन । यसो गर्दा अनुहारमा छिट्टै चाउरीपन देखिन्छ ।

छालाको स्याहारसँगै खुट्टा र हातको स्याहार पनि त्यत्तिकै आवश्यक छ । समयसमयमा हातको सफाइ अर्थात् मेनिक्योर र खुट्टाको सफाइ अर्थात् पेडिक्योर गर्नुपर्छ ।

छालासँगै टाँस्सिने गरी ऊनजन्य कपडा लगाउनु हुँदैन । पहिले सुती कपडाको गन्जी जस्तो लुगा लगाएर मात्र ऊनका कपडा लगाउनुपर्छ ।

छालाका किसिम
रुखो वा सुख्खा छाला ः साबुनले अनुहार धँुदा रुखो छाला भए छाला तन्किएको अनुभव हुन्छ । यस्तो छाला पातलो हुन्छ जसमा हलुको प्वाल देखिन्छन् । यस्तो छालामा जलन, पाप्रा देखिनु, चिलाउने सम्भावना रहन्छ । मौसमको प्रभावसमेत सबैभन्दा बढी रुखो छालामै पर्छ । यस्तो छालाको राम्ररी स्याहार नगर्दा समयअगावै चाउरीपन देखिन थाल्छ ।

तैलीय छालाः यस्तो छाला टल्किने र स्लिपरी हुन्छ । यस्तो छालामा भने डन्डिफोर र ब्ल्याक हेड छिट्टै हुन्छ । खुला र ठूलो रोम छिद्र सजिलै देखिन्छ ।

मिश्रति छालाः सामान्यतः महिलाको छाला यस्तो हुन्छ । यो टाउको, नाक, चिउँडोमा टल्किने र गाला, अनुहारको बाँकी ठाउँमा सामान्य रुखो हुन्छ ।

प्रकाशित मिति: Monday, November 07, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses