मंगल ग्रहमा रोबोटिक यान प्रक्षेपण


अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले शनिबार मंगल ग्रहमा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रोबोटिक यान प्रक्षेपण गरेको छ ।
क्युरियोसिटी नामको रोबोट सहितको यान फ्लोरिडाको केप क्यानवेरल प्रक्षेपण केन्द्रबाट एटलस रकेटको माध्यबद्धारा प्रक्षेपण गरिएको हो ।

यो रोबोटिक रोवर यन्त्रमानव जस्तै एउटा विशाल यन्त्र हो जसको तौल झण्डै १ टन रहेको नासाले जनाएको छ ।
गाडि आकारको ६ पांग्रा सहितको यो यान मोबाइल प्रयोगशालाको रुपमा रहेको छ । यसलाई मंगल विज्ञान प्रयोगशाला पनि भन्ने गरिएको छ ।
यो रोबोटिक यान साढे ८ महिनामा मंगल ग्रहमा पुग्नेछ । मंगल ग्रहमा अवतरण भएसँगै रोबोट जडित यो यानले त्यहाँबाट ढुंगा तथा माटोका नमूनाहरु संकलन गर्नेछ जसले मंगल ग्रहमा जिवनको सम्भावनाबारे थप खोजी गर्नेछ । यो यानमा प्लुटोनियम ब्याट्री राखिएकाले दश वर्षम्म लगातार संचालमा रहनेछ । यसमा रहेको मोबाइल प्रयोगशालामा मंगल ग्रहको सतहबाट संकलन गरिएका नमुनाको विश्लेषण समेत हुनेछ । पछिल्लो मंगल ग्रह मिसनको कुल खर्च साढे २ अर्ब डलर रहेको नासाले जनाएको छ ।
क्युरियोसिटी प्रोजेक्सका प्रबन्धक पिट थिसिंगरले अन्तरिक्षयान पूरै फिट रहेकेा र मंगलको यात्रामा सफलतापर्ूवक अघि बढिरहेको बताएका छन् । नासको मंगल अभियानका निर्देशकले पछिल्लो रोबोटिक यान प्रक्षेपण सँगै प्रविधिको क्षेत्रमा मात्र नभएर वैज्ञानिक युगमै नयाँ अध्याय सुरु गरिएको दाबी गरे । प्रक्षेपणको ५० मिनेटपछि यानसँग पहिलो सर्म्पर्क स्थापित भएको नासाका अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति: Sunday, November 27, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses