मंगल ग्रहमा पानीको नाम लुजेन्द्र ओझाले जुराए


युवा बैज्ञानिक लुजेन्द्र ओझाले मंगलग्रहमा पानी रहेको ठाउँलाई नेपाली नाम दिएका छन् ।
ती ठाउँका नाम जोमसोम, दिपायल, पोखरा, काठमाण्डौ, फेवा, सगरमाथा, रारा, बेगनास र तिलिचो रहेका छन् ।

अमेरीकामा रहेको युनिभर्सिटी अफ एसिजोनामा अध्ययनरत नेपाली बिद्यार्थी लुजेन्द्रले मङगल ग्रहका ११ वटा ठाउमा पानी छ भनेर शोधपत्र तयार पार्नुभएको थियो ।
ओझाले शोधपत्रको निष्कर्षलाई गएको ११ जुलाई २०११ मा नाशाले पुष्टि गरि सकेको छ ।

यस्तै वैज्ञानिकहरुले जिवको अस्तित्व सम्भव भएका विभिन्न ग्रह तथा उपग्रह छनोट गरेका छन् । वैज्ञानिकहरुले गरेको वर्गिकरण अनुसार शनी ग्रहको उपग्रह टाइटन तथा बाहिरी ग्रह ग्लिस ५१८ जी पृथ्वीबाहिर जिवको अधिकतम सम्भावना भएका ठाउँको रुपमा परेका छन् । यी दुबै पृथ्वीभन्दा २०।५ प्रकाशवर्ष टाढा छन् । एक प्रकाशवर्ष बराबर १० खर्ब किलोमिटर हुन्छ ।


अन्तरिक्ष जिवविज्ञान नामक पत्रिकामा छापिएको अध्ययन प्रतिवेदन अनुसार बाहिरी ग्रहको वर्गिकरणका क्रममा वैज्ञानिकहरुले पृथ्वीसागको समानता तथा बसोबासका लागि उपयुक्तता गरी दुइ वटा मापदण्ड निर्धारण गरेका थिए । ब्रम्हाण्डको कुनै ग्रह वा उपग्रहमा पृथ्वीमा जस्तो बस्नलायक वातावरण छ की छैन रु र बाहिरी ग्रहको विद्यमान वातावरणमा पृथ्वीमा भन्दा फरक कुनै प्रकारका जिवको अस्तित्व सम्भव हुन्छ की हुादैन रु भन्ने दुइ मुख्य प्रश्नको आधारमा बाहिरी ग्रहको वर्गिकरण गरिएको अध्ययनमा संलग्न अमेरिकी वैज्ञानिक डाक्टर डर्क सुल्झ माकुचले बताए ।

जिवको अधिकतम सम्भावना रहेका ग्रह तथा उपग्रहमा ग्लीज र टाइटनपछि मंगल, चन्द्रमा, युरोपा, वृहस्पति, शनी र शुक्र छन् ।

अहिलेसम्म पृथ्वीबाहेक अरु ग्रहमा जिवको अस्तित्व भेटिएको छैन । तर पछिल्लो समयमा सौर्यमण्डलभित्रका ग्रह उपग्रह तथा बाहिरी ब्रम्हाण्डमा समेत खोजअनुसन्धान तिब्र भएको छ । जसले पृथ्वी बाहेकका ग्रह उपग्रहहरुमा कुनै जिव अस्तित्वमा रहेको भए त्यसको खोज गर्नेछ ।

नासाले सन् २००९ मा केप्लर स्पेस टेलिस्कोप अन्तरिक्ष कक्षमा स्थापित गरेको थियो । जसले अहिलेसम्म १ हजार ग्रह तथा उपग्रह पत्ता लगाएको छ जसमा जिवनको अस्तित्व सम्भव हुन सक्छ । भविष्यमा कुनैपनि ग्रह उपग्रहमा रहेका जैविक पदार्थबाट निस्कने उर्जा पत्ता लगाउने टेलिस्कोप समेत बन्ने र त्यसले ब्रम्हाण्डका अरु भागमा जिवनको अस्तित्वको खोजी सहज हुने वैज्ञानिकहरुको भनाई छ ।

वैज्ञानिकहरुले वृहस्पती ग्रहको उपग्रह युरोपा मा पानी रहेको भरपर्दो प्रमाण फेला पारेको दाबी गरेका छन् ।

सन् १९८९ मा प्रक्षेपण गरिएको ग्यालिलियो अन्तरिक्षयानले खिचेका तस्वीरहरुको विश्लेषणबाट युरोपा उपग्रहको सतहमुनि पानीका कुवाहरु रहेको तथ्य फेला परेको हो । निकै कम तापक्रमका कारण बरफ अवस्थामा रहेको युरोपाको सतहभन्दा ३ किलोमिटर तल सानासाना ताल रहेका र तालमा रहेको तातो पानीबाट उडेको बाफ सतहका केही क्षेत्रमा छिद्र बनाएर बाहिर निस्किएको वैज्ञानिकहरुको भनाइ छ ।

नेचर जर्नलमा छापिएको अनुसन्धान प्रतिवेदनमा युरोपामा तरल पानी भेटिएपछि त्यहाँ जिवनको सम्भावना हुनसक्ने उल्लेख छ ।

जमिनको सतहभन्दा केही तल पानीका ताल भेटिएबाट सतहको बरफ र भित्रको पानी सक्रिय रुपमा एक आपसमा मिसिने गरेका र त्यसो हुँदा भूमिगत कुवामा बस्ने जिवजन्तु तथा वनस्पतीको लागि आवश्यक खनिजहरु पर्याप्त मात्रामा प्रसार हुनसक्ने वैज्ञानिकहरुको भनाइ छ ।

ग्यालिलियो अन्तरिक्षयानले ल्याएका तस्वीहरुको विश्लेषण गरी पछिल्लो नतिजा तयार पार्ने वैज्ञानिक टोलीका प्रमुख तथा टेक्सास विश्वविद्यालयका प्राध्यापक ब्रीटनी स्कमिडिटले यस्ता तथ्यहरुका कारण युरोपा र यसको भूमिगत समुद्रमा जिवको अस्तित्व सम्भव देखिएको बताएका छन् ।
वैज्ञानिकहरुले युरोपाको सतह किन चर्किएको छ भनेर वर्षौँदेखि अध्ययन गर्दै आएका थिए । अमेरिका र युरोपले संयुक्त रुपमा वृहस्पतीको उपग्रह युरोपाको अध्ययन गर्दै आएका छन् । थप अध्ययनको लागि सन् २०२० सम्ममा अर्को अन्तरिक्षयान युरोपामा पठाउने उनीहरुको लक्ष्य छ ।

प्रकाशित मिति: Friday, November 25, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses