अपडेट
    निन्द्रा व्युताउने संयन्त्रको आविश्कार

    दिमागले तपाईको शरिरलाई कसरी व्युताँउछ भन्ने विषयमा वैज्ञानिकहरुले नयाँ अनुसन्धान गरेका छन् ।स्वीटजरल्यान्डको युनिर्भसिटी अफ वर्नका  वैज्ञानिकहरुको एक अध्ययन टोलीले निन्द्राबाट तीब्र रुपमा व्युताउन जिम्मेवार मानिने एउटा संयन्त्रको आविश्कार गरेको दाबी गरेका छन् । उनीहरुको आविश्कारले निन्द्रा असन्तुलनको चिकित्सकीय उपचारका लागि नयाँ रणनीति र निस्कृय वा अचेत चरणहरुमा सचेतनाको रिकभरीलाई एउटा नयाँ दिशा तर्फ लैजाने विश्वास गरिएको छ ।

    निन्द्रा असन्तुलनको सर्वबिबिधतालाई मनन गर्दै प्राध्यापक एन्टोनी एडाम्यान्टिडिस र उनको समूह अनुसन्धान परिणामले ल्याउने सम्भावित अर्थजनक उपलब्धीप्रति उत्साहित भएका छन् । अनुसन्धानकर्ता क्यारोलिना गुटिरेज, हेरिरा र एन्टोनीकोे समूहले भनेको छ, ‘मुसाको दिमागमा एउटा नयाँ चक्रको पहिचान भएको छ जसको सक्रियताले गहिरो निन्द्रामा सुतेको मानिसलाई सजिलै व्युताउन सकिन्छ ।’ शरिरको तापक्रम, भोक, तिर्खा लगायतलाई  नियन्त्रण गर्ने हाइपोथालामस र थालामसको बीचमा रहने यस नयाँ चक्रलाई उनीहरुले उत्तेजित बनाउदा मुसाको निन्द्रा रोकिने गथ्र्यो ।

    पछिल्लो समयमा न्युरो अनुसन्धानमा प्रयोग भएका ओप्टोजेनेटिक विधि (कोषलाई नियन्त्रण गर्न प्रकाशको प्रयोग विधि) प्रयोग गरेर सो चक्रले निन्द्रा असन्तुलनका लागि एउटा नयाँ थेरापीको लक्ष्य निर्धारण गरेका थिए ।

    ‘निदाउने वा प्रष्ट सचेतना नितान्तै सिमित भएकोले यो एउटा उत्साहजनक आविश्कार हो,’ एडामान्टिडिसले भने । उनीहरुको अनुसन्धानले निन्द्रा असन्तुलनका बिरामीलाई थप उपचार गर्न एउटा ब्रेकथ्रु हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । समूहले स्पष्ट सचेत अवस्थाहरुबाट बिरामीहरुलाई बाहिर ल्याउन एउटा उपाय सृजना गर्न सक्ने विश्वास गरिएको छ । यस अनुसन्धानको अझै अध्ययन हुन बाँकी रहेको प्राध्यापक एन्टोनी बताउछन् ।
    अनलाइनको साहारामा

    प्रकाशित मिति: Tuesday, December 29, 2015

    यसमा तपाईको प्रतिक्रिया

    0 comments

    Write Down Your Responses