र्याल परीक्षण गरेर मान्छेको आयु पत्ता लगाउन सकिने
वैज्ञानिकहरुले यस्तो प्रविधि पत्ता लगाएका छन् जसबाट मानिसको र्याल परीक्षण गरेर आयु पत्ता लगाउन सकिन्छ । अर्थात् अब तपाइँले आफु कति वर्षसम्म बाँच्छु भन्नका लागि आफ्नो र्याल परीक्षण गरे पुग्ने भएको छ ।
शोधकर्ताहरुका अनुसार र्यालमा हुने एन्टीबडी प्रोटिनको मात्राले मानिस कतिसम्म बाँच्दछ वा कति छिटो मर्दछ भन्ने कुराको निक्याैल गर्न सकिन्छ ।
यो निष्कर्षमा पुग्नका लागि शोधकर्ताहरुले सन् १९९५ मा ६३९ जना प्रौढ मानिसहरुको र्यालको नमूना संकलन गरेका थिए र त्यसलाई लगातार १९ वर्षसम्म परीक्षण गरेका थिए । त्यसक्रममा उनीहरुले र्यालमा पाइने सेक्रेटोरी इम्युनोग्लोबिन ए अर्थात् आइजिएको मात्राबाट मानिसको मृत्यु कहिले हुन्छ भन्ने कुराको अनुमान गर्न सफल भए ।
बेलायतको बर्मिंघम विश्वविद्यालयका शोधकता डाक्टर अन्ना फिलिप्सका अनुसार र्यालमा एन्टीबडीको मात्रा निकै घट्दै जानु भनेको मृत्यु नजिक आउँदैछ भन्ने कुारको प्रमाण हो । सरीरमा संक्रमण हुँदा सेता रक्तकोषले एन्टीबडीको उत्पादन गर्दछ जसले संक्रामक जिवाणु वा कोषिकालाई नष्ट गर्दछ ।
शोधकर्ताका अनुसार सरीरमा हुने संक्रमण, तनाव तथा अन्य खाले शारीरिक-मानसिक विमारीका कारण पनि यस्तो एन्टीबडीको मात्रामा घटबढ हुने भएकाले एन्टीबडीको मात्रा र मृत्युको भविष्यवाणीलाई अझ भरपर्दो बनाउनका लागि अन्य पक्षहरुसँग यसको सम्बन्धको गहन अध्ययन आवश्यक छ ।
अनलाइनको साहारामा
शोधकर्ताहरुका अनुसार र्यालमा हुने एन्टीबडी प्रोटिनको मात्राले मानिस कतिसम्म बाँच्दछ वा कति छिटो मर्दछ भन्ने कुराको निक्याैल गर्न सकिन्छ ।
यो निष्कर्षमा पुग्नका लागि शोधकर्ताहरुले सन् १९९५ मा ६३९ जना प्रौढ मानिसहरुको र्यालको नमूना संकलन गरेका थिए र त्यसलाई लगातार १९ वर्षसम्म परीक्षण गरेका थिए । त्यसक्रममा उनीहरुले र्यालमा पाइने सेक्रेटोरी इम्युनोग्लोबिन ए अर्थात् आइजिएको मात्राबाट मानिसको मृत्यु कहिले हुन्छ भन्ने कुराको अनुमान गर्न सफल भए ।बेलायतको बर्मिंघम विश्वविद्यालयका शोधकता डाक्टर अन्ना फिलिप्सका अनुसार र्यालमा एन्टीबडीको मात्रा निकै घट्दै जानु भनेको मृत्यु नजिक आउँदैछ भन्ने कुारको प्रमाण हो । सरीरमा संक्रमण हुँदा सेता रक्तकोषले एन्टीबडीको उत्पादन गर्दछ जसले संक्रामक जिवाणु वा कोषिकालाई नष्ट गर्दछ ।
शोधकर्ताका अनुसार सरीरमा हुने संक्रमण, तनाव तथा अन्य खाले शारीरिक-मानसिक विमारीका कारण पनि यस्तो एन्टीबडीको मात्रामा घटबढ हुने भएकाले एन्टीबडीको मात्रा र मृत्युको भविष्यवाणीलाई अझ भरपर्दो बनाउनका लागि अन्य पक्षहरुसँग यसको सम्बन्धको गहन अध्ययन आवश्यक छ ।
अनलाइनको साहारामा
प्रकाशित मिति:
Tuesday, December 29, 2015




0 comments
Write Down Your Responses