अंगुरको सेवनबाट हुने फाईदाहरु

गर्मी समयमा अंगुर खानाले तत्कालका लागि चिसोको अनुभव त गराउँछ नै साथै यसले शरीरलाई स्वस्थ राख्नका लागि पनि उत्तिकै भूमिका निर्वाह गर्छ । अंगुरको सेवनबाट अपच, थकान, कब्जियतलगायतका बिरामीका लागि तत्काल राहत मिल्छ । साथै यसको सेवनले आँखालाई मोतिबिन्दु जस्तो खतरनाक रोग लाग्नबाट समेत बचाउँछ । अंगुरमा भिटामिन ए, सी, बी ६ लगायत कयौं मिनरल्स, पोटासियम, प्रोटिन, क्याल्सियम, फस्फोरसलगायतका मानव स्वास्थ्यका लागि अत्यावश्यक तत्वहरु समेत प्राप्त हुन्छ । जसले मानव स्वास्थलाई स्वस्थ राख्न मदत गर्छ ।

अंगुरको सेवनबाट हुने केही फाईदाहरु:
दमको समस्या: दमको समस्या हुने मानिसहरुका लागि अंगुरको सेवनले निकै फाईदा पुर्याउँछ । अंगुरमा हुने पानीको मात्राले फोक्सोमा पानीको अभावलाई पुरा गर्छ जसले गर्दा दमको सम्भावनालाई कम गराउँछ ।

माइग्रेन: पाकेको अंगुरको रस खानाले माइग्रेन लगायतका समस्यामा आराम मिल्छ । प्रत्येक दिन बिहान एक गिलास अंगुरको जुस खानाले माइग्रेनमा फाईदा हुन्छ ।

मुटु रोग: अंगुरको नियमित सेवनले मानिसको रगतमा नाइट्रिक अक्साईडको मात्रलाई नियन्त्रण गर्छ । एक चम्चा कालो अंगुरको जुस र एसपिरिन औषधि घोलेर खाएमा हृदयघातको समस्या बाट जोगिन सकिन्छ । जसले गर्दा रक्तसञ्चार राम्रोसँग हुन्छ र हृदयघात हुने

समस्या न्युन हुन्छ । अंगुरको सेवनले स्तन क्यान्सर हुनबाट समेत जोगाउँछ । कालो अंगुरमा हुने फलोवोनाइड्स र एसपिरिनले रगत जम्न दिँदैन ।

कब्जियत: अंगुरमा पाइने अग्र्यानिक एसिडले पाचन प्रक्रियालाई नियमित गर्न र भोजनलाई पचाउनमा सघाउँछ ।  दैनिक ३५० ग्राम अंगुर सेवन गर्नाले पाचन प्रक्रियालाई नियमित र स्वस्थ राख्न मदत गर्छ । अंगुरमा ग्लुकोज पर्याप्त हुन्छ । यसले पाचन संयन्त्र बलियो बनाउने, शरिरमा स्फूर्ति जगाउने, कपाल, आँखा र छालाको सौन्दर्यमा पनि सहयोग गर्दछ ।

हड्डिका विमारीका लागि: अंगुर कपर र आइरनका लागि निकै राम्रो स्रोत मानिन्छ । जुन हड्डिका निर्माण र बलियो बनाउनका लागि निकै अत्यावश्यक हुन्छ । अंगुरको नियमित सेवन गर्नाले हड्डी खिइने लगायतका समस्यामा उपयोगी साबित हुन्छ ।

थकाई लागेमा: अंगुरको जुस पिउनाले शरीरमा आईरन र मिनरल्सको मात्र बराबर बन्छ । जसले गर्दा थकाई जस्ता समस्यालाई टाढा राख्ने गर्छ । एनिमिया जस्ता समस्याबाट छुट्कारा पाउनका लागि पनि अंगुरको सेवनले मद्दत गर्छ । साथै यसले दिमागलाई समेत क्रियाशिल बनाउन मद्दत गर्छ ।

सुगर: सुगरको समस्या हुनेहरुका लागि पनि अंगुर फाइदाजनक हुन्छ । अंगुरको सेवनले कोलेस्ट्रोल र यूरिक एसिड नियन्त्रणमा पनि सहयोग पुग्छ । अंगुरको सेवनले सुगरको मात्र घटाउँने हुँदा यसको नियमित सेवन सुगरका बिरामीका लागि उपयोगी हुन्छ । अंगुरमा भिटामिन, क्याल्सियम, पोटासियम, आइरनजस्ता पौष्टिकताले भरिएको हुन्छ । यसको नियमित सेवनबाट छालाको सौन्दर्यता, रुघाखोकीका समस्याबाट छुटकारा पाउनु जस्ता फाइदा हुन्छ ।

अल्जाइमर: अंगुरमा पाइने रेसवेराट्रल नामक तत्वले अल्जाइमरको रोगीका लागि फाइदा पुर्याउँछ । नियमित अंगुरको सेवनले दिमागलाई स्वस्थ बनाउन र मानिसको स्मरण शक्ति बढाउन सहयोग पुर्याउँछ । 

पेठको जलनः पेटमा गर्मी  भएको बेला त्यसलाई शान्त पार्न राति २० दाना अंगुर पानीमा भिजाउने र बिहान त्यसको रसमा सखर मिसाएर खाएमा आराम हुन्छ । तर पेट खाली भएको अवस्था चाहिन्छ । यसका साथै भोजनपछि अंगुरको जुस खाने गर्नाले रगत बढाउन सहयोग गर्छ । पेटको वायु नियन्त्रण गर्न पनि सहयोग पुर्याउँछ ।

रक्तस्रावः रक्तस्रावको समस्या भएका व्यक्तिले एक गिलास अंगुरको जुसमा दुई चम्चा मह घोलेर खाने हो भने नियन्त्रणमा आउँछ ।

फंगल इन्फेक्सनः अंगुरमा पोलिफेनोलिक फाइटोकेमिकल कम्पाउण्डले क्यान्सर, अल्जाइमर्स, कोरोनरी डिजिज, फंगल इन्फेक्सन आदिमा पर्याप्त फाइदा दिन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ: अंगुरमा पाइने भिटामिन ए र सीको कारण मानिसको प्रतिरोधात्मक क्षमता बढाउन तथा रुघाखोकी लगायतका संक्रमणबाट हुने समस्याबाट छुट्कारा दिलाउँछ । अंगुरको नियमित सेवनले मोतिबिन्दु, किड्नी, छालाको समस्या, दाग धब्बा लगायतका समस्याबाट समेत छुट्कारा पाउन सकिन्छ ।  अंगुरले घाउ, खटिरा निको पार्न सहयोसहयोग गर्छ । अंगुरको रसले मुख धुने गरेमा डण्डिफोरजस्ता समस्या बाट छुटकारा पाइन्छ ।  नुन र मरिच घोलेर अंगुरको जुस खाएमा एसिडिटी र बान्ता आउने समस्यामा फाइदा पुग्छ ।

प्रकाशित मिति: Thursday, April 02, 2015

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses