नुनिलोले छोरा गुलियोले छोरी

सन्तानका रूपमा छोरीको चाहना राखेको भए महिलाले आहारामा गुलियोको मात्रा बढाउनुपर्छ । अनि छोरोको आश गरेको भए नुनिलो बढी खानुपर्छ ।

युनिभर्सिटी अफ पि्रटोरियाका वैज्ञानिकहरूले अनुसन्धानपछि यो निष्कर्ष निकालेका हुन् । अनुसन्धान प्रतिवेदनमा आमाको आहारासमेत शिशुको लिंग निर्धारणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख छ ।

अनुसन्धानअनुसार जो महिला दैनिक आहारामा गुलियो बढी सेवन गर्छन्, उनीहरूलाई छोरी हुने सम्भावना बढ्छ । अर्कोतर्फ भोजनमा बढी नुनिलो कुरा सेवन गर्ने महिलाले छोरा पाउने सम्भावना अत्यधिक हुन्छ । वैज्ञानिकहरूले शिशुको लिंग निर्धारणमा गुलियो र नुनको मात्रा कतिकति हुनुपर्छ भन्नेचाहिँ खुलाउन सकेका छैनन् ।

सोडायुक्त पेयले समयअगावै प्रसूति

गर्भावस्थाका बेला सोडायुक्त पेयपदार्थको सेवन गर्ने महिलामा पि्रम्याच्योर डेलिभरीको जोखिम बढ्छ । बि्रटेनमा भएको अनुसन्धानपछि यो कुरा बाहिर आएको हो । विशेषज्ञहरूका अनुसार सोडायुक्त सफ्ट ड्रिंकमा आर्टिफिसियल स्विटनर्स (नक्कली गुलियो) को उपयोग गरिन्छ । यस कारण यस्तो पेयमा बानी परेका महिलाले समयअगावै बच्चा जन्माउने आशंका बढ्छ ।

अध्ययनअनुसार जुन पेयपदार्थमा एस्पार्टटैम्सजस्तो गुलियोको उपयोग गरिन्छ त्यो गर्भमा रहेको शिशुका लागि खतरनाक सावित हुन सक्छ । अनुसन्धानकर्ताहरूले यसका लागि करिब ६० हजार यस्ता महिलामाथि अनुसन्धान गरे, जसले गर्भावस्थाको समय बढी मात्रामा कोल्ड ड्रिंक सेवन गरेका थिए । बि्रटिस स्वास्थ्य विशेषज्ञहरूको सुझावअनुसार गर्भावस्थामा महिलाहरूले केमिकलयुक्त खाद्य वा पेयपदार्थ उपयोग गर्नुहुन्न ।

यस्तै, अर्को गुलियो पदार्थ (स्विटनर) मेथेनोलको सेवनका कारणसमेत डेलिभरीका लागि सामान्यभन्दा बढी समय लाग्न सक्छ । कृत्रिम गुलियोका आलोचकहरूको भनाइअनुसार यो 'नर्भ टाक्सिन' जस्तै हुन्छ, जसको सेवनले शरीरमा फार्मिक एसिड निर्माण हुन्छ । यति मात्र नभई, र्फमलडिहाइड नामक रसायनसमेत बन्छ । यो रसायन सामान्यतः मृतशरीर सुरक्षित राख्न उपयोग हुन्छ ।

उपर्युक्त पेयपदार्थलाई परहेज गरेर गर्भवतीहरूमा समयअगावै बच्चा जन्मिने घटनालाई ३८ प्रतिशतसम्म कम गर्न सकिने अनुसन्धानबाट पुष्टि भएको छ । यस्तै जो महिला दिनहुँ चार वा चारभन्दा बढी सोडायुक्त क्यान रित्याउँछन्, उनीहरूमा यो खतरा ७८ प्रतिशतसम्म बढ्न सक्छ ।

लुगा किनेर संकेत  

गर्भाधानको बढी सम्भावना भएको दिन प्रायः महिलाहरू मन पर्ने लुगा किनेर यो कुराको संकेत गर्छन् । मिन्नेसोटा विश्वविद्यालयमा गरिएको अनुसन्धानअनुसार जुन दिन गर्भधारणको सम्भावना धेरै बढी हुन्छ त्यो दिन महिलाहरू नजानीकनै यस्तो उत्पादनको बढी चयन गर्छन्, जसले उनीहरूलाई बढीभन्दा बढी राम्री देखाओस् । अन्य आकर्षक महिलालाई पराजित पार्ने विचारले उनीहरूले त्यस्तो गरिरहेका हुन्छन् ।  

अनुसन्धानअनुसार गर्भधारणको बढी सम्भावना भएका बेला महिलाहरू अन्य सुन्दर महिलाको तस्बिर देखे तीभन्दा बढी सुन्दरी देखिन लाभिन्छन् । त्यसैले लुगाफाटा र अन्य प्रसाधन किन्न रुचाउँछन् । उनीहरूले त्यस्तो गर्नुको प्रमुख कारण आफ्ना पुरुष साथीलाई आकषिर्त गर्नु रहेको अनुसन्धानमा उल्लेख छ ।

प्रकाशित मिति: Saturday, December 25, 2010

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses