के हो आकस्मिक गर्भ निरोधक ?

के हो आकस्मिक गर्भ निरोधक ?
असुरक्षित यौनसम्पर्क भएपछि ५ दिन (१ सय २० घण्टा) भित्र विभिन्न औषधी प्रयोग गरेर गर्भलाई निरन्तरता नदिने उपायलाई आकस्मिक  गर्भनिरोध भनिन्छ ।

गर्भ कसरी रहन्छ ?

मुख्यतयाः १५ देखि ४९ वर्षसम्मका महिलाहरू सन्तानोत्पादन कार्यका लागि समर्थ हुन्छन् । अधिकांश महिलामा २८ दिनमै रजस्वला हुन्छ ।  रजस्वला भएको पहिलो दिनबाट गन्ती गर्दा मुख्यतया १०औं देखि २०औं दिनभित्र डिम्बाशयबाट डिम्ब निस्कन्छ, जुन डिम्बनली हुँदै गभार् शयसम्म  पुग्छ । गर्भ नरहे उक्त डिम्ब गर्भाशयबाट बाहिर गै नष्ट हुन्छ । डिम्ब निस्किएको समयले ४८ घण्टासम्म सक्रिय हुन्छ । यो  समयमा शुक्रकीट सँग भेट भए गर्भ रहने प्रक्रिया सुरु हुन्छ । उक्त गर्भ त्यो दिन पाठेघरमा आइपुग्छ र २-३दिनपछि पाठेघर भित्र टाँसिने  प्रक्रिया सुरु हुन्छ ।

आकस्मिक रूपमा गर्भ निरोध गर्नुपर्ने अवस्था

गर्भनिरोधका कुनै पनि साधन प्रयोग नगरी यौनसम्पर्क भए,

गर्भनिरोधका साधन प्रयोग भए पनि कन्डम फुटे, चिप्लिए, डायफ्राम निक्लिए वा अरू कुनै तरिकाले वीर्य योनिमा पोखिए,

यौन दुव्र्यवहार जस्तै बलात्कार वा जबरजस्ती करणीबाट पीडित महिलाहरू,

परिवार नियोजनको प्राकृतिक विधि प्रयोग गरिरहेकाहरूमा सुरक्षित अवधि  को गणना गलत भै गर्भ रहने सम्भावना देखिए,

२ दिनसम्म गर्भ निरोधक औषधी खान बिर्सिए ।

आकस्मिक गर्भ निरोधका साधनहरूको प्रयोग विधि

यहाँ आकस्मिक भन्ने शब्दबाटै के बुझ्नुपर्छ भने यी साधनको प्रयोग आकस्मिकभन्दा बढी प्रयोग गर्नुहुँदैन ।

अझ नियमित परिवार नियोजनको साधनका रूपमा प्रयोग गरे महिला स्वास्थ्यमा नकारात्मक असर देखिन्छ ।

१. Levonorgestrel xfdf]{g eCON /postinor आदि नाममा बजारमा पाइन्छ ।

कसरी प्रयोग गर्ने ?

असुरक्षित यौन सम्पर्क भएपछि जति सक्दो चाँडो (१ सय २० घण्टा अघि नै) १ चक्की खाने र त्यसको ठीक १२ घण्टापछि दोस्रो चक्की खाने  अथवा दुइटै चक्की एकै पटक खाने ।


सुनौलो गुलाफ, निलोकन ह्वाइट कसरी प्रयोग गर्ने ?

 ४ चक्की एकै पटक खाने र त्यसको ठिक १२ घण्टापछि अर्को ४ चक्की खाने ।

नोटः यदि २ घण्टाभित्र बान्ता भए सबै औषधी पुनः सेवन गर्नुपर्छ । औषधी सुरु गर्नु १ घण्टा अगावै बान्ता रोक्ने  औषधीे सेवन गर्नुपर्छ ।

IUCD(Intra-Uterine Contraceptive Device) को प्रयोग अर्को विकल्प  हुनसक्छ । यसको व्यवहारिक प्रयोग अलि  झन्झटिलो छ । पाठेघरको संक्रमण भएको अवस्थामा यसको प्रयोग गर्नुहुँदैन ।

अनुगमन

यदि तीन सातामा महिनाबारी नभए स्वास्थ्य संस्थामा देखाउनु आवश्यक छ ।

अनियमित गर्भनिरोधका साधनहरूका बारेमा थप छलफल र परामर्श आवश्यक भए ।

महिनावारी हुँदा

अघिल्लो पटकको भन्दा निम्न तरिकाले भिन्न भए ।

रगत कम बगे गर्भ रहेको हुनसक्ने हुँदा जचाउनुपर्छ ।

गर्भनिरोधका साधनको आकस्मिक प्रयोग गर्दा कहिलेकाहीं अपवादस्वरुप डिम्बनलीमा गर्भ रही तल्लो पेट अत्यधिक दुखे तुरुन्त चिकित्सकलाई  देखाउनैपर्छ ।

आकस्मिक गर्भनिरोधकका साधारण असर

वाकवाकी लाग्ने

बान्ता हुने

टाउको दुख्ने

अनियमित योनि रक्तस्राव

स्तन दुख्ने

गर्भ भए गर्भको शिशुलाई पर्ने असरका बारेमा विभिन्न धारणा छन् । चिकित्सकको सल्लाह अनुसार ती चक्कीको सेवन बन्द गर्नुपर्छ ।

नोटः यी साधनको प्रयोगले एचआईभी/एड्स तथा अन्य यौनरोगबाट बचाउँदैनन्, त्यसकारण कण्डमको प्रयोग आवश्यक देखिन्छ ।

यदि १ सय २० घण्टा भए के गर्ने ?

आकस्मिक गर्भ निरोधकको प्रयोग नगर्ने । तीन हप्तासम्म पनि महिनावारी नभए स्वास्थ्य संस्थामा गै गर्भ रहे-नरहेको जाँच गराइ, अरू  विधिको उपयोग दक्ष जनशक्तिबाट गर्नुपर्छ ।

आकस्मिक उपायः कति सुरक्षित

यसका केही नकारात्मक असर छन्, तसर्थ परामर्श र सही प्रयोग आवश्यक हुन्छ ।

पुनश्चः परिवार नियोजनका नियमित साधनका रूपमा आकस्मिक गर्भ निरोधकलाई प्रयोग गर्नु यसको उद्देश्य होइन ।

सारांश

आकस्मिक गर्भ निरोधकको सही प्रयोग आवश्यक छ । केही समय यता यसलाई नियमित परिवार नियोजनको साधनका रूपमा प्रयोग गर्ने  गलत परिपाटी बसेको छ । यसले यौनरोगबाट बचाउँदैन । दक्ष स्वास्थ्यकर्मीको परामर्श लिएर, उपयुक्त समयमा, सही तथा सक्कली औषधी  प्रयोग गरे मात्र यसको लाभ प्राप्त हुन्छ ।

प्रकाशित मिति: Saturday, February 26, 2011

यसमा तपाईको प्रतिक्रिया

1 comments

This is very good advertise.thank you very much. Really every body onknown about manything.we must learn about it. thanks.

Write Down Your Responses