राम्रो निर्णय लिनुपरे पानी

तपाईं राम्रो निर्णय लिनुपर्ने दबाबमा हुनुहुन्छ भने पेटभर पानी खानुस् । पानी मजाले खाएका कुनै पनि व्यक्तिले उपयुक्त निर्णय गर्न सक्ने साइकलोजिकल साइन्स जर्नलले जनाएको छ । अनुसन्धानकर्ताहरूले पाएअनुसार पेटमा पानी पर्याप्त भएपछि मस्तिष्कको आत्मनियन्त्रण प्रक्रियाले तत्काल हरेक क्षेत्रमा संयम कायम गर्छ । र, यो स्थितिमा कुनै पनि व्यक्तिलाई खर्च तथा अन्य कुराबारे समेत महत्त्वपूर्ण निर्णय सहज हुन्छ ।

नेदरल्यान्डस्को त्वेन्ते विश्वविद्यालयका अनुसन्धानकर्ताहरू के भन्छन् भने मूत्राशयको नियन्त्रणको सम्पर्क मस्तिष्कको त्यो भागसँग हुन्छ जसले इच्छा र त्यो पूरा भएको अवस्थामा हुने अनुभूतिलाई सक्रिय पार्छ । अध्ययनअनुसार पिसाब फेर्दाताका सम्बन्धित शब्दबारे सोच्नाले समेत यही प्रभाव हुन्छ ।

घाउमा बरफ नलगाऔं
नयाँ अनुसन्धानअनुसार घाउमा बरफ लगाउँदा त्यो निको हुने प्रक्रियामा विपरीत असर पर्छ । घाउ निको पार्न महत्त्वपूर्ण मानिने खास प्रकारको हार्मोन 'आईजीएफ-१' को सक्रियता बरफ लगाउनाले प्रभावित हुने अनुसन्धानकर्ताहरू बताउँछन् । मुख्यतः मांसपेसीको पीडामा बरफ लगाउनु कुनै पनि हिसाबले सुरक्षित हुन्न ।

प्रकाशित मिति: Saturday, March 05, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses