उमेरभन्दा पाको किन देखिन्छ ?

सधैं युवा देखिने चाहना कसलाई नहोला ? तर समयको खेला, कतिपय व्यक्ति अधबैंसे उमेरमै निकै बूढो देखिन थाल्छन् । वैज्ञानिकहरूले यसको कारण पत्ता लगाएका छन् । हालैको अनुसन्धानअनुसार 'माइलिन' मा हुने कमीका कारण कुनै पनि व्यक्ति उमेरअगावै पाको लाग्छन् । माइलिन सेतो पदार्थ हो । यसको आवरणले स्नायु कोषिकालाई छोपेको हुन्छ ।
लस एन्जल्स विश्वविद्यालयका प्रा. जार्ज बटजोर्किस र उनको टोलीले यसबारे अनुसन्धानमा २३ वर्षदेखि ८० वर्षसम्मका व्यक्तिलाई सामेल गरे । ती व्यक्तिहरूमा माइलिनको परीक्षण गरियो । अनुसन्धानकर्ताहरूले विभिन्न उमेर समूहका व्यक्तिहरूबीच काम गर्ने गति र माइलिनको निर्माण हुने दरमा अन्तर पाए । उमेरको मध्य अवस्थामा मानसिक क्रियाशीलतामा वृद्घ िहुन्छ, त्यति नै बेला मस्तिष्कमा माइलिन बन्ने दर घट्छ ।
अनुसन्धानकर्ताहरूका अनुसार उमेरको यो खण्डमा व्यक्तिको कार्यक्षमता चरममा हुन्छ । तर यसै समय माइलिन निर्माणमा कमी हुनुले व्यक्तिको कार्य व्यवहारमा युटर्न हुन सक्छ । प्रा. बटजोर्किस के भन्छन् भने पाको देखिनका लागि 'माइलिन ब्रेकडाउन' महत्त्वपूर्ण कारण सावित हुन्छ । उमेर वृद्धिसँगै यो प्रतिक्रिया जारी रहन्छ । ७२ व्यक्तिमा गरिएको एमआरआई (म्याग्नेटिक रिजोनेन्स इमेजिङ) मा मस्तिष्कको फ्रन्टल लोबमा माइलिनको स्तर कम पाइयो । यसको कारण उनीहरूको औंला चलाउने गति (फिंगर टेपिङ स्पिड) १० सेकेन्डभन्दा बढी पाइयो ।
कर्तव्यपरायण हुँदा दीर्घायु
तपाईं चिन्तामुक्त, प्रशन्नचित्त र परिश्रमी स्वभावको हुनुहुन्छ भने बडो राम्रो । नयाँ अध्ययनले के दाबी गरेको छ भने कडा परिश्रम गर्ने व्यक्तिको आयु ती व्यक्तिहरूको भन्दा बढी हुन्छ जसले कुनै पनि कुरालाई हलुका ढंगले लिन्छन् ।
क्यालिफोर्निया विश्वविद्यालयले यो निष्कर्षमा पुग्नुअघि १ हजार ५ सय २८ प्रतिभाशाली विद्यार्थीबारे अनुसन्धान गरेको थियो । ती विद्यार्थीको सन् १९२० को सुरुवातदेखि उनीहरूको मृत्युपर्यन्त तथ्यांक राखियो । त्यसमा के पाइयो भने कर्तव्यनिष्ठ एवं सावधान रहने व्यक्तिको आयु कुनै पनि विषयलाई हलुका रूपमा लिने र फिक्री नगर्ने व्यक्तिको दाँजोमा अलि बढी हुन्छ ।
विवाह गर्नाले पुरुषको आयु वृद्घि हुने तथ्यसमेत उक्त अनुसन्धानमा पाइयो । तर महिलामा विवाह र आयु वृद्धिको सम्बन्ध धेरै कम हुन्छ । राम्रो सामाजिक सम्बन्ध भने महिला पुरुष दुवैको जीवनमा प्रभावकारी हुन्छ । कडा परिश्रम गर्ने, जीवनमा अगाडि बढ्ने एवं जिम्मेवारी उठाउने व्यक्ति लामो र स्वस्थ जीवन बाँच्छन्

प्रकाशित मिति: Saturday, March 19, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses