हाँसोले खुट्टाको अल्सरको उपचार

खुट्टाको अल्सरबाट मुक्ति पाउन अत्याधुनिक प्रविधिको उपचारभन्दा हाँसो बढी प्रभावकारी हुन सक्छ । लिड्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरू यसै भन्छन् । हाँस्दा रगतको प्रवाह बढ्छ ।

खुट्टाको अल्सरको उपचारमा धेरैजसो स्वास्थ्य संस्थाहरू अल्ट्रासाउन्डको उपयोग गर्छन् । तर पछिल्लो पाँच वर्षमा ३ सय ३७ रोगीहरूमा गरिएको अनुसन्धानअनुसार यो तरिका छिट्टै रोग मुक्त पार्नका लागि त्यति उपयोगी छैन । लिड्सका अनुसन्धानकर्ता प्रा. आन्द्र नेल्सनका अनुसार यस्ता रोगीको उपचारका लागि रोगीको मुटुदेखि खुट्टासम्म रगतको प्रवाह बढाउनु आवश्यक हुन्छ । 

यसको सबैभन्दा राम्रो तरिका शरीरमा दबाब बढाउन पट्टी बाँध्नु, व्यायाम गर्नु र रोगीलाई राम्रो खानाको सल्लाह दिनु हो । आन्द्रे भन्छन्, 'कसैले मानून् कि नमानून्, तर खुलेर हाँस्नुसमेत अल्सर रोगीका लागि धेरै सहयोगी सावित हुन सक्छ किनभने हाँस्नाले डायफ्राममा कम्पन्न हुन्छ, जसले सम्पूर्ण शरीरमा रगतको प्रवाह हुन्छ ।' यो अनुसन्धानका बेला यस्ता रोगीमा ध्यान दिइएको थियो, जसको अल्सर छ महिनासम्म निको भएको थिएन ।

प्रकाशित मिति: Saturday, March 19, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses