क्याल्सीयमको खतरा !

अत्यधिक क्याल्सीयम क्याप्सुल प्रयोग गर्र्दा हृदयघातको जोखिम बढ्ने एक अध्ययनले देखाएको छ ।
जर्मनीका बैज्ञानिकहरुले यस्तो तथ्य बाहिर ल्याएका छन् । धेरैजसो बढी उमेरमा व्यक्तिहरु हड्डी दह्रो पार्न र हड्डी भाचिँने समस्याबाट बच्नका लागि क्याल्सियम क्याप्सुलको प्रयोग  गर्छन् ।

२३ हजार ९८० विरामीलाई आधार मानेर गरिएको अध्ययनले यस्तो देखाएको जर्मनी बैज्ञानिकले दाबी गरेका छन् । हृदयघातका विरामीमध्ये ८६ प्रतिशतले क्याल्सियम क्याप्सुल प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ ।


जर्नल हर्ट नामक पत्रिकामा प्रकाशित अध्ययन प्रतिवेदनमा सावधानीपुर्वक औषधी प्रयोग गर्दा भने हृदयघातको खतरा त्यति धेरै नहुने उल्लेख छ ।
त्यसका लागि नियमित खानेकुरा र क्याल्सियम क्याप्सुलको मात्रामा सन्तुलन कायम गरिनुपर्ने उनीहरुको सुझाव छ ।

प्रकाशित मिति: Thursday, May 24, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses