आज मे ३१ तारिख

विश्व धुम्रपान विरुद्धको दिवस ।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप रोकौं भन्ने नाराका साथ बिश्बभर मनाइदै छ ।

बिश्वमा हरेक बर्ष ६० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थ सेवनकै कारण हुने गरेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अरुले खाएको चुरोटको धुँवाको असरबाट ग्रसीत भई हरेक वर्ष ६ लाखभन्दा बढिको मृत्यु हुने गरेको छ ।

नेपालमा एक वर्षमा करिब १५ हजार मानिसको सुर्तिजन्य पदार्थको सेवनबाट मृत्यु हुने गरेको छ ।

सुर्तीजन्य पदार्थका कारण क्यान्सर, दम, खोकि,  निमोनिया, मुटुसम्बन्धि रोगहरु लाग्ने बिभिन्न अध्ययनले देखाएको छ ।

धुम्रपान स्वास्थ्यको लागी हानिकारक भएकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले सन् २००३ मा बिश्व स्वास्थ्य संगठनको माहासन्धिमा हस्ताक्षर गरि २००६ मा संसदबाट अनुमोदन गराएको थियो ।
गएको बर्षदेखि सार्वजनिक स्थलमा चुरोट तथा सुर्ती सेवनमा रोक लगाएको छ ।

मानव स्वास्थ्यमा हानि गर्ने भएकाले सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न छुट्टै ऐन तथा नियमावली बनाई लागु गरिएको छ ।

प्रकाशित मिति: Thursday, May 31, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses