आज जेठ २१ गते

जातिय भेदभाब तथा छुवाछुत उन्मुलन दिबस, बिबिध कार्यक्रम गरि मनाइँदै छ ।

२०६३ साल  जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको सम्झनामा हरेक बर्ष आजको दिन यो दिबस मनाउन थालिएको हो ।

पुनस्थापित प्रतिनिधिसभाले ६ बर्षअघि नेपाललाई छुवाछुत मुक्त घोषणा गरेको थियो ।

ब्यबस्थापिका संसदले २०६८ जेठ १० गते जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन लागु गरेको छ ।
दिबसको अवसरमा राष्ट्रिय दलित आयोगले दिउँसो राजधानिको पर्यटन बोडमा कार्यक्रम गर्दैछ ।
कानुनले दण्डनीय माने पनि नेपालमा अझै छुवाछुत कायम छ ।

प्रकाशित मिति: Sunday, June 03, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses