भिडामिन डी को कमीले डिप्रेसन गराउँछ


online
 डिप्रेसन केबल मनोरोग मात्र होइन । प्याराथाइर्वाइड हर्मोनको गडबडी तथा भिटामिन बी(१२ को कमी पनि डिप्रेसनका लागि जिम्मेवार छन् । तर पछिल्लो अध्ययनले के देखाएको छ भने भिडामिन डी को कमी पनि डिप्रेसनको कारण बन्न सक्छ ।

वैज्ञानिकहरुका अनुसार अनुसन्धानबाट यो प्रमाणित भएको छ की भिटामिन डी को कमीले डिप्रेशन हुनसक्छ र डिप्रेसन भैसकेको मान्छे भएमा भिटामिन डी को कमी हुँदा समस्या अझै चर्को बन्नजान्छ ।

अमेरिकाको युनभर्सिटी अफ टेक्सास का वैज्ञानिकहरुले करीब पाँच वर्ष लगाएर गरेको अनुसन्धानबाट यस्तो निष्कर्ष निकालेका हुन् ।


विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा अहिले डेढ अर्ब भन्दा बढि मानिस डिप्रेशनको सिकार छन् । बढ्दो तनाव तथा प्रतिस्पर्धाका कारण विश्वमा डिप्रेसनका रोगीको संख्या बढ्दै गएको छ ।

के के मा पाइन्छ भिटामिन डी रु

भिटामिन डी हड्डीलाई स्वस्थ र बलियो बनाउन अत्यावश्यक रहेको कुरा त हामीलाई थाहै थियो । तर भिटामिन डी को कमीले डिप्रेसन गराउँछ भन्ने कुरा बल्ल थाहा पाइएको छ । त्यसैले अब पर्याप्त भिटामिन डी युक्त खानेकुरा खाएर डिप्रेसनको खतरा टार्नतर्फ लाग्नु उपयुक्त हुन्छ । वास्तवमा भिटामिन डी को सबैभन्दा राम्रो तथा प्राकृतिक श्रोत भनेको सूर्यको किरण नै हो । यसको साथै कलेजोको तेल, अण्डा, माछा, दूध तथा दुग्धजन्य पदार्थमा भिटामिन डी पाइन्छ ।

प्रकाशित मिति: Friday, May 11, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses