आज मे ३

 विश्व प्रेस स्वतन्त्रता दिवस । स्वतन्त्र प्रेसको ग्यारेन्टीको माग गर्दै विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको जगेर्ना , श्रमजीवी पत्रकारहरुको हित भन्ने नाराका साथ मनाइदैछ । श्रमजीवी पत्रकारको हक तथा हितको सुरक्षा र प्रेस स्वतन्त्रताको ग्यारेन्टीको माग गर्दै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले विहान प्रभात फेरी गरेको छ ।
भृकुटीमण्डपबाट सुरु भएको प्रभात फेरी रत्नपार्क पुगेर पुनः भृकुटीमण्डपमा आई समापन भएको थियो ।
त्यसक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले नया संविधानमा प्रेस स्वतन्त्रतालाई कुण्ठीत गर्ने प्रयत्न हुन सक्ने भन्दै सचेत रहनुपर्नेमा जोड दिनुभयो । 
महासंघले दिवसको अवसरमा यसवर्षको कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार जगदिश शर्मा तथा उमा सिंह साहसिक पत्रकारिता पुरस्कार उमेश शाहलाई प्रदान गर्ने भएको छ ।

नेपाल पत्रकार महासंघको अनुगमन इकाइको विवरण अनुसार यस वर्ष मात्रै प्रेस स्वतन्त्रता उल्लंघनका १२५ वटा घटना भएका छन् । जसमा १ जना पत्रकारले ज्यान गुमाएका छन्  । त्यस्तै ज्यान मार्ने धम्की, लुटपाट, सञ्चारगृहमा आक्रमण, पत्रपत्रिका जलाइएको लगायतका घटना भएका छन् ।
विसं २०५८ यता सशस्त्र द्वन्द्वका क्रममा ३३ सञ्चारकर्मीको मृत्यु भइसकेको छ भने तीन सञ्चारकर्मीको अवस्था अज्ञात रहेको महासंघले जनाएको छ ।

The United Nations General Assembly declared May 3 the World Press Freedom Day on December 20, 1993.
The 27th article of the Armenian Constitution states that everyone has the right of freedom of expression. It is prohibited to force someone to refuse one’s opinion or change it. Everyone has the right of freedom of speech, the right to research information and ideas, to receive and spread information by any means.
Media freedom is guaranteed.


  http://osocio.org/

http://bushradio.wordpress.com

प्रकाशित मिति: Thursday, May 03, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses