के हो डिप्रेसन, कसरी हुन्छ?


हाम्रो शरीरले नै हामीलाई स्वास्थ्य बिग्रिन थालेको पूर्व सूचना दिन्छ । उक्त चेतावनीलाई मनन गरेर सावधानी अपनाउने हो भने रोगको जटिलता कम हुन्छ र छिटै निको हुन्छ तर लापरवाही गर्ने हो भने रोगले निकै दुख दिन्छ । यस्तै एउटा समस्या तनाब पनि हो ।

तनाबलाई प्रारम्भिक मानसिक स्वास्थ्य समस्याको रुपमा लिइन्छ। यदि यस्ता तनाबका पूर्व संकेतलाई वेवास्ता गरियो भने समस्या बढ्छ र सरीरमा उच्च रक्तचाप, हृदयाघात, डिप्रेसन जस्ता विभिन्न स्वास्थ्य समस्याको घर बन्दछ । 


ती पूर्वसूचना वा संकेतहरु निम्न छन् । जसबाट हामीले बुझ्नुपर्छ की म तनावमा फसिरहेको छु :

१- यदि अनौठा खालका एकै प्रकारका सपनाहरु पटकपटक दोहोरिए भने बुझ्नुपर्छ की आफुलाई पक्कै कुनैखाले तनावले सताइरहेको छ । घरमा आगो लागेको, बस छुटेको जस्ता सपनाहरु देखेर सपनामै ऐठन पर्ने समस्या तनावको सूचक हो ।

२- मांसपेशी कडा हुनु तनावको दोश्रो लक्षण हो । मांसपेशी खुम्चिने, बाउँडिने र कहिलेकाहीँ निकै दुख्ने समस्या दोहोरियो भने तनावले सताएको कुरा बुझ्नुपर्छ ।

३- आँखा फर्फराउनु पनि तनावको एक लक्षणको रुपमा लिइन्छ ।

४- दाँतले पनि तनावको सूचना दिन्छ । जो मान्छेले सपनामा दाँत किट्छ, चपाउँछ त्यो मान्छे तनावमा परेको छ भन्ने कुरा बुझ्नुपर्छ ।

५- महिलाको हकमा महिनावारी अनियमित हुनु पनि तनावको लक्षण हो । बढि रक्तश्राव हुनु तथा पीडा हुनु पनि तनावका लक्षण मानिन्छन् ।

६- कपाल बढि झर्नु र खश्रो खैरो बन्दैजानु पनि तनावको लक्षणको रुपमा लिइन्छ ।

७- पेट दुख्नु, अपच हुनु, पेट कराउनु जस्ता लक्षणलाई पनि तनावका पूर्वसंकेतका रुपमा लिइन्छ ।

८- रुघाखोकीले बढि मात्रामा सतायो भने पनि बुझ्नुपर्छ तनावले पिरोलिरहेको छ । तनावयुक्त मानिसको प्रतिरोधी क्षमता बढि हुन्छ र उसलाई चिसोले समाउने खतरा बढि हुन्छ ।

प्रकाशित मिति: Thursday, June 12, 2014

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses