रक्तसमूह अनुसारको खाना

कुनै पनि मानिसले के खानु पर्छ र के खानु हुन्न भन्ने विषयमा आफ्नै खालका तर्क र सिद्धान्त छन् । यिनै कारणले हामी माझ विभिन्न प्रकारका खाद्यवस्तु उपलब्ध भएका हुन् । व्यत्तिले स्वाद, विश्वास र धार्मिक भावनाले आफ्नो आहारा रोजेको देखिन्छ । यो पूणतः व्यतिगत निर्णय हो । 

कसैले शाकाहारी त कसैले माँसाहारी आहार रोजेका हुन्छन् । तर वैज्ञानिक पक्षलाई ध्यानमा राखेर विचार गर्ने हो भने लगभग हरेक व्यक्तिले आफ्नो खाने बानी सुधार्नुपर्ने हुन सक्छ । 

रगतको समूहले पनि मानिसको आहाराको प्रकृति फरक पार्छ र व्यक्तिको स्वास्थ्यमा रक्तसमूह अनुसारको आहाराले विशेष महत्व राख्छ ।

रक्तसमूह अनुसारको खानाः
रक्तसमूह ओ (O)
यस समुहका व्यत्तिले मासु, तरकारी, फलफूल आदि खानामा बढि जोड दिनुपर्दछ । साथै गहु मकै तथा दुग्धजन्य पदार्थ सकभर खानुपर्ने वैज्ञानिकले सुझाव दिएका छन् । रक्तसमुह ओ का व्यक्तिले केफिन र अल्कोहलबाट बच्नुपर्छ । यी खाद्यबस्तुले यस समुहका व्यक्तिको पाचन प्रणालीलाई प्रभाव पार्ने गर्छ । केफिनले एडनालिन र नारान्डनालिनको मात्रा बढाउने भएकाले समूह ओ का मानिसमा यी तत्वको मात्रा धेरै बढी हुन्छ । यी तत्व ती व्यक्तिमा पहिले नै अधिक हुने गर्छ । यसैगरी, यस समुहको रगतलाई अन्य रक्तसमूहको दाजोमा बढी स्वस्थ चिल्लो चाहिन्छ । यिनीहरुको थाइराइड पनि अलि सुस्त हुन्छ । यसै कारणले साबधानी अपनाउनु पर्ने खाद्यवस्तुमा बन्दागोभी, काउली, तोरीको साग पर्छ । यी खाद्यवस्तुले थाइराइडको सक्रियता कम पार्छ । तर ती खाद्यवस्तुलाई पकाएर उमालेर खान सकिन्छ । 

रक्तसमूह ए (A)
यस समुहका मानिसमा जन्मजात तुलनात्मक रुपमा पाचक रसको कमी हुन्छ । खाना पचाउने अम्ल आमाशयमा पर्याप्तमात्रामा नहुदा यिनीहरुले पशुजन्य प्रोटिन वा चिल्लो सजिलै पचाउन सक्दैनन् । यदि समुह ए का मानिसमा मासु खाने बानी छ भने उनीहरुलाई त्यो पचाउन गाह्रो भएको महसुस हुनेछ । पाचन प्रणाली कमजोर हुने भएकाले यस समुहका मानिसले तरकारी, फलफूल पनि ताजा खानामा जोड दिनुपर्छ । शरीरको प्रतिरक्षा प्रणालीलाई सबल बनाउन यसो गर्नु जरुरी हुन्छ ।

रक्तसमूह बी (B)
रक्त समुह बी भएकाले मकै, टमाटर, गहु, बदाम, तिल आदि खानामा विचार पु¥याउनु पर्छ । यी खाद्यवस्तु तिनीहरुको शरीरमा पच्न गाह्रो हुने भएकाले थकान लाग्ने, रगतमा ग्लुकोजको मात्रा कम हुने तथा पानीको मात्रा बढ्ने लक्षण देखिन्छ । सुगुर र कुखुराको मासु खानु हुदैन । यी खाद्यवस्तुले रगलमा असर पार्ने खतरनाक ल्याक्टिन शरीरमा उत्पादन गर्छ । यस समुहका मानिसले मज्जासंग फलफूल र तरकारी खान सक्छन् । ओलिभको तेल, आलसको तेल, बदाम आदि खान मिल्छ  तर सूर्यमुखीको तेल उपयुक्त हुदैन ।  खाद्यवस्तुको कुरा गर्दा रक्तसमुह बी का मानिस अधिक स्वतन्त्र हुन्छ ।

रक्तसमूह एबी (AB)
यस समुहका मानिस ए र बी को मिश्रित गुण हुन्छ । रक्तसमूह एबी का मानिसको आमाशयमा कम अम्ल हुन्छ तर उनीहरुमा बी को गुण हुने भएकाले मासु पचाउन सक्ने क्षमता हुन्छ । यस समुहका मानिसले केफिन र अल्कोहल उपभोग गर्नु हुदैन । 

यसरी रक्तसमूह अनुसार आफ्नो आहारा निर्धारण गरेमा हामीलाई वास्तवमै स्वस्थ रहन मद्दत पुग्छ ? वैज्ञानिकहरुका अनुसार हामीले खाएको खाद्यवस्तुले रगतको समूह अनुसार रासायनीक प्रतिक्रिया  देखाउदछ । यदि हामीले आफ्नो रक्तसमूहअनुसारको आहारा खायौ भने शरीरले त्यसलाई राम्रोसंग पचाउछ । आजसम्म रक्तसमूहअनुसारको आहाराका सम्बन्धमा धेरै अनुसन्धान भएको छैन । रक्तसमूह जे भए पनि आफू खुसी खाना खाने मानिसलाई पर्ने प्रभावको बारेमा विस्तृत अनुसन्धान आवश्यक छ । 

एक अनुसन्धानले जनाए अनुसार विशेष रक्तसमूहका मानिसले यसअनुरुपको खाना खाने गरेमा उसको रगतमा हानिकारक कोलेस्ट्रोल कम गर्न सहयोग पुग्छ ।

प्रकाशित मिति: Tuesday, June 24, 2014

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses