नेटवर्किङ साइटहरुलाई फेबु्रअरि ६ सम्मको अल्टिमेटम

आफ्नो इन्टरनेट साइटबाट आपत्तिजनक सामग्रीहरु हटाउन भारतको एक अदालतले गुगल, फेसबुक, याहु लगायत २२ वटा सामाजिक सञ्जालहरुलाई आगामी फेबु्रअरि ६ सम्मको अल्टिमेटम दिएको छ ।
वेवसाईटमा राखिएका सामाजिक संस्कार विरोधी र धर्म विरोधी सवै सामग्री हटाउन दिल्लीको एक अदालतले आदेश दिएको हो ।

इन्टरनेट साइटमा राखिएका नकारात्मक असर पु¥याउने लेख–रचना, तस्वीर वा भिडियो सामग्री तत्काल हटाउन आदेश दिइएको छ ।
पाटियाला हाउस अदालतले विषयबस्तुहरु नहटाए मुद्धाको सामना गर्न पनि सामाजिक नेटवर्किङ साइटहरुलाई भनेको छ । अदालतले यसबारे तत्काल आवश्यक कदम चाल्न र १३ जनबरीसम्म लिखित रुपमा रिपोर्ट पेश गर्न केन्द्र सरकारलाई निर्देशन दिएको छ ।

सामाजिक नेटवर्किङ साइटहरुविरुद्ध तीन दिन पहिले मुद्धा परेको थियो । सुनुवाईका क्रममा अदालतले फेसबुक, गुगल र युट्युबलाई धर्म विरोधी र असामाजिक सामाग्रीहरु साइटमा नदेखाउने भनेको थियो । अदालतले भनेको छ, यसले धार्मिक भावनामा ठेस पुर्‍याउँछ ।

अर्को एक मुद्धामा सबै सामाजिक नेटबर्किङ साइटविरुद्ध अपराधिक मुद्धा परेको थियो । मुद्धामा ती साइटहरुमा विभिन्न धर्मका मानिसहरुको भावनामा ठेस पुर्‍याउन देपी देवताका अश्लिल फोटोहरु राखिएको आरोप लगाइएको छ । यस्तै राजनेताहरुविरुद्ध पनि अपशब्दहरु प्रयोग गरिएको छ । त्यसमा रहेको अश्लिल सामाग्रीहरु १८ वर्षभन्दा कम उमेरकाहरुले पनि हेर्ने गरेका छन् ।


प्रकाशित मिति: Sunday, December 25, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses