विश्वका दश सडक
source http://onlinekhabar.com विश्वमा केही सडकहरु यस्ता छन् जसमा यात्रा गर्दा प्रकृतिको मज्जा लुट्न पाइन्छ । प्राकृतिक सुन्दरता प्राप्त गर्नेमात्र होइन यी सडकहरुको यात्रा निकै खतरनाक तथा साहसिक समेत मानिन्छ । विश्वका सबैभन्दा बढि रोमाञ्चक तथा खतरनाक दशवटा सडककको नाम यसप्रकार छ ।
३.ब्लू रिज, अमेरिका : उत्तरी क्यारोलिनामा रहेको यो सडकको लम्बाइ ४ सय ९६ माइल छ । यसको यात्राका क्रममा पनि प्राकृतिक सुन्दरता अवलोकन गर्न पाइन्छ ।
४. कोलम्बिया जर्ज हाइवे, अमेरिका : यो पनि उत्तरी अमेरिकामा रहेको निकै रोमाञ्चक सडक मानिन्छ ।
५. गुओलियांग टनेल, चीन : यो सडक चिनको ताइहांग पर्वतलाई काटेर बनाइएको छ । निकै कडा चट्टानलाई खोपेर बनाइएको यो सडकलाई निकै खतरनाक पनि मानिन्छ । यो निकै उचाइमा रहेको सडक पनि हो ।
६. अमाल्फी कोस्ट रोड, इटाली : यो विश्वकै सबैभन्दा रोमाञ्चक सडक मानिन्छ । यो सडक समुद्रको किनारै किनार भएर अघि बढेको छ ।
७. थ्री केप्स रुट, अमेरिका : यो सडक अमेरिकाको ओरेगनमा रहेको छ । यो सडकमा यात्राका क्रममा जंगल र समुद्र दुबैको दृश्यावलोकन गर्न सकिन्छ ।
८. ट्रान्सफगारसन रोड, रोमानिया : यो सडकले देशका दुइ उच्च पहाडलाई जोडेको छ । जंगलबीचको यात्रा निकै रोमाञ्चक हुन्छ ।
९. रेड रक सिनिक रोड, अमेरिका : यो अमेरिकाको अरिजोनामा अवस्थित छ । विभिन्न राष्ट्रिय सम्पदाहरुको दृश्यावलोकन गर्न सकिने यो सडक निकै सुन्दर मानिन्छ ।
१०. सेबर्ड हाइवे, अलास्का : १ सय २७ माइल लामो यो सडकले अलास्काको सेबर्ड र एंकोरेजलाई जोडेको छ । हिमसिखर सागै तालहरुको दृश्यावलोकन गर्न पाउनु यहाँको मुख्य रोमाञ्चकता हो ।
प्रकाशित मिति:
Sunday, December 25, 2011
0 comments
Write Down Your Responses