४० % जीवशैलीका कारण क्यान्सर


४० प्रतिशत क्यान्सर जीवशैलीका कारण लाग्ने बेलायतको एक अध्ययनले ठहर गरेको छ ।
क्यान्सर भएका मध्ये ४०मा चुरोट, मादक पदार्थ र अखाद्य बस्तुको प्रयोग सहित जीवनशैलीका कारण रोग लागेको अध्ययनले देखाएको हो ।
बेलायतलमा १ लाख ३० हजार मध्ये आधा जसो जीवशैलीकै कारण क्यान्सरको रोगी भएको बीबीसीले जनाएको छ ।

अध्ययनकर्ता प्रोफेसर म्याक्स पाक्रिनले फलफुलको प्रयोगले क्यान्सर रोग भगाउन सकिने बताउनु भयो ।
ब्रिटिस जर्नल अफ क्यान्सरमा प्रकाशित शोधको प्रतिवेदनमा मानवीय कृयालापमा सुधारको आवश्यकता औल्याइएको छ ।

प्रकाशित मिति: Wednesday, December 07, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses