आज डिसेम्बर १ तारिख, २४ औ बिश्व एड्स दिवस


आज नेपालमा पनि विविध कार्यक्रम गरेर २४ औं विश्व एड्स दिवस मनाईएको छ ।
एच आई भिको नयाँ संक्रमण, भेदभाव तथा एड्सका कारणले हुने मृत्युलाई शुन्यमा पु¥यायौ भन्ने नाराका साथ विभिन्न संघसंस्थाहरुले प्रभातफेरी, रक्तदान, अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरेका हुन् ।
दिवसकै अवसर पारेर राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले एड्स रोग नियन्त्रणका लागी भन्दै रणनिति सार्वजनिक गरेको छ ।
एच आई भि एड्स हुनै नदिने तथा एड्सका कारणवाट मृत्युलाई शुन्यमा पार्न लक्ष्य रणनितिमा लिईएको छ ।

पछिल्लो दश वर्षमा, नेपालमा एच आई भि संक्रमणको दर २५ प्रतिशतले घटेको छ ।
एन्टिरेट्रोभाईरल उपचार सञ्चालन गरिएपछि, एड्सका कारण मृत्यु हुनेको संख्यामा कमी आएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ ।
हाल नेपालमा ५५ हजार ६ सय २६ जना एच आई भि संक्रमित रहेको अनुमान गरिएको छ, ती मध्ये १८ हजार ३ सय ९६ जनामा एचआईभी पोजेटिभ देखिएको छ ।
नेपालमा सन् १९८८ मा पहिलो पटक एड्स रोग देखा परेको थियो ।

प्रकाशित मिति: Thursday, December 01, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses