आज अक्टोबर १५ तारिख


आज अक्टोबर १५ तारिख अर्थात विश्व हात धुने दिवस, हात धोऔ– रोगबाट वचौ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रमहरु भईरहेका छन् । 

स्वास्थ्य र भौतिक योजना तथा निर्माण मन्त्रालयको आयोजनामा जावलाखेलमा भईरहेको विशेष कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्यमन्त्रि राजेन्द्र महतोले सावुन पानीले हात धुनु सामान्य जस्तो लागे पनि यसमा विशेष ध्यान दिनुपर्ने वताउनुभयो ।

सावुन पानीले हात धुनाले नवजात शिशु मृत्युदरमा उल्लेख्य कमी आउने विश्वास व्यक्त गर्दै शिशु मृत्युदरमा कमी ल्याउन भन्दै सरकारले ५ वर्षिय अभियान सुरु गरेको जानकारी गराईएको थियो । 
आमाले सावुन पानीले हात धोएर शिशुहरुलाई खानेकुरा खुवाए ४४ प्रतिशत श्वासप्रश्वासको रोगवाट वचाउन सकिने तथ्यांक रहेको छ । 

३० हजार भन्दा बढी अध्ययन अनुसन्धानले धेरै रोग लाग्नुको मुख्य कारण हात नधोई खानेकुरा खानु हो भन्ने देखाएपछी प्रत्येक वर्षको अक्टोबर १५ लाई विश्व हात धुने दिवसका  रुपमा मनाउन थालिएको हो । नेपालमा भने यो दिवस आजदेखि १० दिनसम्म विविध कार्यक्रम गरी मनाइने भएको छ । 
सरसफाईको अभावमा नेपालमा १३ हजार र विश्वभर वर्षेनी १५ लाख बालबालिका ५ वर्ष नपुग्दै मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  

खाना खानु अघि र खाइसकेपछि हात धुनुपर्छ भन्ने धेरैले सुनेको भएपनि नेपालमा १४ प्रतिशतले मात्रै सावनु पानीले हात धुने गरेका छन् । 

यस्तै आज सत्रौँ राष्ट्रिय कण्डम दिवस ‘ दोहोरो सुरक्षाका लागि कण्डममा पहुँच बढाऔं’ भन्ने नाराका साथ आज सत्रौँ राष्ट्रिय कण्डम दिवस मनाइँदैछ । 


असुरक्षित यौन सम्पर्कबाट एचआईभी सङक्रमित हुने मानिसहरुको सङख्या बढदै गएपछि कण्डमको सहज उपलब्धता  र पहँुच बढाउन नेपालमा २०५२ सालदेखि कोजाग्रत पूर्णिमा पछिको शनिबार राष्ट्रिय कण्डम दिबस मनाउन थालिएको हो । 

कण्डम बारे जनचेतना जगाउन आज देशभर व्यानर प्रदर्शन, सडक नाटक, कण्डम वितरण लगायतका कार्यक्रमरू गरिने राष्टिय एड्स तथा यौन रोग केन्द्रले जनाएको छ ।

हालसम्म विश्वमा तीन करोडभन्दा बढी व्यक्ति एचआइभी र एड्स सङ्क्रमित छन् । सन् २००९ को तथ्याङअनुसार नेपालमा भने ६३ हजार ५ सय २८ जना यसबाट सङ्क्रमित छन् ।


यस्तै, आज ४६ औं विश्व सेतो छडी सुरक्षा दिवस,  नेपालमा पनि विबिध कार्यक्रम गरी मनाइँदै छ ।

दिवसका अवसरमा नेपाल नेत्रहीन संघ, नेपाल अन्धा कल्याण संघ र परिलक्षित नेपालले हिजो देखि नै राजधानीमा कार्यक्रमहरु गरिरहेका छन् । 
नेपालमा ४ लाख दृष्टिबिहिन रहेको अनुमान गरिए पनि सेतो छडि प्रयोगकर्ता ३ हजार रहेको अनुमान गरीएको छ । 

प्रकाशित मिति: Saturday, October 15, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses