आई लभ यु भन्न नहतारिनुस्


कुनै युवतीलाई 'आई लभ यु' भनेर ठाउँको ठाउँ आफ्नो बनाउन सकिन्छ भन्ने ठान्नुहुन्छ भने तपाईं गलत बुझाइमा हुनुहुन्छ । त्यसैले मनको गाँठीकुरो खोल्न धेरै हतार नगर्नुस् । केही समय पर्खेर नै आफ्नो मायालाई अभिव्यक्ति दिनुस् ।


पछिल्लो अनुसन्धानले के दाबी गरेको छ भने प्रायः युवतीहरू छिटो अर्थात् दुईतीन महिनाकै सम्बन्धमा प्रेम प्रकट गर्ने युवकहरूमाथि विश्वासै गर्दैनन् । यस विपरीत युवतीहरू त्यस्ता युवकलाई महत्त्व दिन्छन् जो लामै सम्बन्धपछि मात्रै माया प्रकट गर्छन् ।

यो अनुसन्धान पर्सनालिटी र सोसल साइकोलोजी सम्बन्धी एउटा जर्नलमा प्रकाशित भएको हो । अमेरिकाको एउटा इन्स्िटच्युटद्वारा गरिएको सर्वेक्षणमा सोधिएको प्रश्नको जवाफबाट देखिएअनुसार पुरुषहरू महिलाको दाँजोमा ६ साता छिटो आफ्नो प्रेम प्रकट गर्ने गर्छन् । सामान्यतः पुरुषहरूले सम्बन्ध सुरु भएको ९७.३ दिनमा मायाबारे खुलेर कुरा गर्ने सर्वेक्षणमा उल्लेख छ ।

यसो हुनुको कारण युवतीहरूले 'आई लभ यु' सुन्ने चाहनाअनुसार युवकहरूलाई कुराएका भने होइनन् । 'छिटो प्रेम प्रकट गर्नुपछाडि पुरुषहरूको उद्देश्य के हुन सक्छ भने,' अनुसन्धानमा उल्लेख छ, 'उनीहरूमा यौन सम्बन्ध कायम गर्ने तीव्र इच्छा हुन्छ । त्यसैले महिलाहरू उनीहरूको विश्वसनीयता जाँच्न चाहन्छन् ।'

प्रकाशित मिति: Saturday, October 22, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses