आज असोज १९

HaPpY  BiJaYa  DaSaMi  2068

हिन्दुहरुको महान चाड बडादशैँको आज असोज १९ गते दशौँ दिन अर्थात विजयादशमी, मान्यजनहरुबाट टीका तथा जमरा लगाई मनाईने यो दशैंको टीकाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको भए पनि आज दिनभरी नै निशंकोच टिका लगाउन सकिने पञ्चाङग निर्णायक समितिका अध्यक्ष माधव प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
विहान शुभ साईतको समयमा आफ्नो घरमा टिका लगाएर आफ्नो आफन्तहरुको घरमा जाने गरीन्छ ।

आश्विन प्रतिपदाको दिन घटस्थापना गरि राखिएको जमरा आज मान्यजनबाट टीका ग्रहण गर्दा फूलको सट्टा समृद्धिको प्रतीकका रुपमा लगाइन्छ ।

पूजाकोठा तथा दसैँघरमा प्रतिपदाका दिन विधिपूर्वक नव दुर्गाको प्रतिकका रुपमा राखिएको पूर्ण घडा आजैका दिन निकालिन्छ । पूर्णघडाको जलले अभिषेक गरी आफू भन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद टीका, जमरा लगाउने चलन छ ।

सारा नेपालीहरु कुनै न कुनै रुपमा दशैंको रमझममा भुलिरहेको बेला कयौं सूरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीहरु भने आ–आफ्नो कार्यक्षेत्रमै खटिइरहेका छन ।

देशमा शान्ति सूव्यस्था कायम गर्ने जिम्मा लिएका सूरक्षाकर्मीहरुको दशैं व्यारेक र क्याम्पहरुमा बन्दुक र लाठासँगै अघि बढिरहेको छ । त्यस्तै श्रोता र दर्शकलाई हरपल सूचना र समाचार पस्कने विद्युतीय संचार माध्यममा कार्यरत पत्रकारहरुको दशैं पनि कलमको नीब र  माइक्रोफोनको तारसँगै चलिरहेको छ ।

देशका विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुको दशैं पनि सिटामोलको चक्की र व्याण्डेजको रोलसँगै वितिरहेको छ । उनीहरुले आ–आफ्ना घर गएर परिवारसँग रमाइलो गर्न पाएका छैन । तैपनि उनीहरुले कार्यक्षेत्रमा रहेका साथीसंगीसँगै रमाइलो गरी दशैं मनाइरहेका छन ।

प्रकाशितः असोज १९, २०६८

प्रकाशित मिति: Thursday, October 06, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses