रोगीहरूका लागि सञ्जीविनी कोकोः उच्च रक्तचापमा सहयोगी

उच्च रक्तचापका रोगीहरूका लागि खुसीको खवर । अनुसन्धानकर्ताहरूको अनुसन्धानले 'कोको' नामक एक प्रकारको पेयपदार्थ उच्च रक्तचापका रोगीहरूका लागि सञ्जीविनी हुने देखाएको छ ।
हावर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले क्यारेबियन तटको एक द्वीपमा बस्ने व्यक्तिहरूमा 'कोको' नामक फलको पेयपदार्थको प्रयोग गरेका थिए । नजितामा त्यहाँ एकै व्यक्तिमा पनि उच्च रक्तचापको समस्या देखिएन ।
अनुसन्धानकर्ताहरूका अनुसार 'कोको' रक्तचाप नियमित गर्नमा धेरै प्रभावकारी रह्यो ।
कोकोमा भएको 'फलेवोनोल्स' नामक तत्त्वले शरीरमा नाइटि्रक अक्साइडको निर्माणलाई सन्तुलित गर्ने हुँदा उच्च रक्तचापको जोखिम कम भएको हो । जसबाट रगतको प्रवाह, मुटु, मस्तिष्क र अन्य अंगमा राम्ररी हुन्छ । यति मात्र नभई वैज्ञानिकहरूको दाबीअनुसार कोकोको अन्य काम अवरुद्घ वा बन्द भएका धमनी खोल्न, पक्षाघात र नपुंसकताको उपचारमा समेत लाभदायक मानिन्छ ।
'कोको' नामक एक प्रकारको रूखको फलको बीउबाट कोको पेय तयार गरिन्छ । यसको फल मेवाजस्तै हुन्छ, जसमा ३० देखि ६० वटासम्म बीउका दाना हुन्छन् । यसलाई सुकाएर भुटिन्छ र त्यसलाई चियाजस्तै पेयपदार्थ बनाई वा चकलेट बनाई सेवन गरिन्छ ।

प्रकाशित मिति: Friday, August 12, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses