छालाजन्य रोगबाट सुरक्षित रहन अंगुर खानुस्


आकारमा सानो देखिए पनि अंगुर कति गुणकारी छ भन्नेबारे तपाइ सायदै आँकलन गर्न सक्नुहुन्छ । बर्सिलोना विश्वविद्यालयमा भएको हालैको एक अध्ययनले अंगुरमा अनुहारलाई परावैजनी किरणको दुष्प्रभावबाट जोगाउने क्षमता राख्ने तत्त्व हुने देखाएको छ । निरन्तर अंगुर खानेका लागि घामले छाला डढ्ने, डेड एपिडर्मिस, इचिङ पार्ट जोगाउनुका साथै छालाको क्यान्सरको सम्भावनालाई समेत ८० प्रतिशतसम्मले कम गर्छ ।
मानव छालामा 'रिएक्टिम अक्सिजन स्पेसिज' (एसपीएस) नामक यौगिक पाइन्छ जुन सूर्यको किरणसँगको प्रतिक्रियापछि छालालाई नोक्सान पुर्‍याउने सूक्ष्म अणुमा विकसित हुन्छ ।
तर अनुसन्धानले अंगुरमा पाइने 'फिनोलिक' नामक तत्त्वले छालामा एसपीएस पैदा हुन हँुदैन र सूर्यको किरणको छालामा कुनै प्रभाव पर्दैन ।
बजारमा पाइने कस्मेटिक र औषधिमा सूर्यको किरणबाट छालालाई जोगाउने 'पलिफिनालिक' तत्त्व पाइन्छ । तर यो खासै प्रभावकारी बन्न सकेको देखिँदैन ।
तर अब छालाजन्य रोगबाट सुरक्षित रहन अंगुर खानुस् र साथमा छालामा पनि लगाउन अनुसन्धानकर्ताको सल्लाह छ ।

प्रकाशित मिति: Friday, August 12, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses