ब्रोडलिंकले नयाँ योजना

वाइफाई इन्टरनेट सेवा प्रदान गरिरहेको ब्रोडलिंकले नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले बुधबारदेखि २ सय ५६ केबीपीएसको इन्टरनेट ८ सय ९९ रुपैयाँमा दिने जनाएको छ । ग्राहकले एक महिनासम्म यो योजनामा अनलिमिटेड इन्टरनेट सेवा पाउनेछन् । यो मूल्य भ्याटसहित हो ।

डायलअप र ६४ केबीपीएस क्षमताको इन्टरनेट हराएको बेला १ सय २८ र १ सय ९२ केबीपीएस गतिको इन्टरनेटसमेत विस्तारै विस्थापन गर्नकालागी ब्रोडलिंकले यो नयाँ योजना सार्वजनिक गरेको हो ।

नयाँ योजनासँगै कम्पनीले १ सय २८ केबीपीएस गतिको इन्टरनेट सेवा बन्द गर्ने भएको छ । अहिले यो गतिको इन्टरनेट चलाउनेलाई समेत २ सय ५६ केबीपीएस दिइने कम्पनीले जनाएको छ ।

उनले ३ जिवी डाटा ४ सय ९९ रुपैयाँमा चलाउन दिने योजना धेरै सफल भएको बताए । यस योजनाअन्तर्गत ग्राहकले ५ एमबीपीएस गतिको इन्टरनेट सेवा लिइरहेका छन् ।

प्रकाशित मिति: Wednesday, August 03, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses