सुन्दर अनुहारको राम्रो साथी


सुन्दर चिजले पक्कै पनि सबैलाई लोभ्याउँछ । तपाईं सुन्दर अनुहारको राम्रो साथीको खोजीमा हुनुहुन्छ भने अब ध्यान दिनुहोला किनकि एउटा नयाँ अनुसन्धानले सुन्दरतालाई स्वार्थीपनसँग जोडेको छ । 

बि्रटेनको एडिनबर्ग विश्वविद्यालयले गरेको एक अनुसन्धानले अनुहारको सुन्दरताबाट मानिसको पहिचान गर्न सकिने यस्तो दाबी गरेको हो । अनुसन्धान अनुसार व्यक्ति जति सुन्दर हुन्छ ऊ त्यति नै स्वार्थी पनि हुन्छ । यति मात्र होइन, ऊ कसैको सहयोगमा समेत विश्वास राख्दैन तर कम सुन्दर मानिस सहयोग गर्न सदैव तत्पर रहन्छ । अनुसन्धानले राम्रो साथीको खोजी गर्दा उसको हाउभाउ र व्यवहारमा समेत ध्यान दिनुपर्ने बताएको छ ।

अनुसन्धानका क्रममा ८३ वर्ष उमेर समूहसम्मका २ सय ९२ व्यक्तिको अनुहार अध्ययन गरिएको थियो । अध्ययनमा अनुहारको मुख्यतः १५ वटा विशेषतामा ध्यान दिइयो । यसअन्तर्गत आँखा, मुख नाक र कानको स्थितिलाई सामेल गरिएको थियो । उनीहरूको अनुहारमा यी पक्षको उपयुक्त सामाञ्जस्य पाइएको थिएन । जसको अनुहारमा विषमता पाइयो उनीहरूको जीवन संघर्षपूर्ण रहेको र बाल्यकाल अप्ठ्यारोमा व्यतीत भएको थियो ।

आकर्षक देखिने व्यक्तिहरू आफनो बारेमा मात्रै सोच्ने गरेको अनुसन्धानको दाबी छ ।

प्रकाशित मिति: Saturday, August 27, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses