फेसबुक एडिक्सन डिसोर्डर

अति भए खति हुन्छ भन्ने उखान बूढापाकाहरुले त्यसै बनाएका हैनन्। अति सर्वत्र वर्जयेत। तपाइँले दिनदिनै चलाउने फेसबुक मात्र त्यसको अपवाद हुन सक्दैन। यसको लत लागू पदार्थको लत जस्तो हानिकारक हुन सक्छ। लागू पदार्थको कुलतबाट जोगाउन पुनर्स्थापन केन्द्रहरु नेपालमा पनि धेरै ठाउँमा खोलिएका छन्। अब त्यस्तै पुनर्स्थापन केन्द्र फेसबुकको लतबाट जोगिनलाई पनि खुलेको छ।
डान पेगुइन र सियाभोस अरासटेहको पुनस्थार्पन सल्लाह केन्द्रमा तपाईँलाई स्वागत छ। उनीहरुको अनलाइन पुनर्स्थापन कार्यक्रम फेसबुकको लग लागेकाहरु प्रति लक्षित छ। हाम्रो सल्लाह मान्नुभयो भने तपाईँहरुले दुई हप्ता मै फेसबुकको प्रयोग घटाउन सक्नुहुनेछ, उनीहरु भन्छन्। यसको उद्देश्य हो तपाइँको स्वास्थ्य, काम गर्ने क्षमता वा अरु क्षमता पहिले जस्तै बनाउनू।
सोसलटाइम्सलाई अन्तर्वार्ता दिँदै उनीहरुले भनेका छन्, फेसबुकको उपयोग स्वस्थ तरिकाले हुनुपर्छ भन्नेमा हामी विश्वस्त भयौँ। त्यसैले दुई हप्तासम्म हामीले मोबाइल होस् वा डेस्कटप वा ल्यापटप, दिनमा दुई पटकभन्दा बढी फेसबुक लग इन नगर्ने निर्णय गर्‍यौँ। हामीले हाम्रो लग इन रेकर्डलाई अनलाइनमा सार्वजनिक गर्ने निर्णय गर्‍यौँ र इच्छुक साथीहरुलाई पनि निम्त्यायौँ।
उनीहरुको यो अभियान यति लोकप्रिय भयो कि उनीहरुले आफ्नै छुट्टै डोमेन बनाए फेसएनोनाइमस डट कम। यसको होमपेजमा यो प्रि लन्च भएको घोषणा गरिएको छ।

प्रकाशित मिति: Friday, August 05, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses